युवाहरुलाई रिफ्लेक्ट सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम

युवाहरुलाई रिफ्लेक्ट सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम

दैलेख : दैलेखका युवाहरुलाई रिफ्लेक्ट सम्बन्धि ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । युरोपियन युनियन र अक्सफामको सहयोगमा सञ्चालित युथ लिड जेशी परियोजना अन्तरर्गत युवालयले तालिम आयोजना गरेको हो । तालिममा भगवातिमाई र डुङ्गेश्वर गाउँपालिकका पाँच पाँच जना रिफ्लेक्टस सहजकर्ताहरुको सहभागिता रहेको युवालाय दैलेखका जिल्ला संयोजक मिना बिश्वकर्माले जानकारी दिइन् ।

तालिममा बिशेष गरि युवाका अधिकार प्रयोग गर्न युवाहरूको क्षमतालाई सुदृढ गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा वकालत, संचार, नीति संवादको लागी युवा सामूहिक कार्यहरुका लागी अवसरहरु पदान गर्ने, पीडित र युवाहरूका लागि कोभिड-१९ तत्काल र पुनस्र्थापना सेवाहरू प्रदान गर्न स्थानीय सेवा प्रदायकहरूको क्षमतालाई बलियो बनाउने, दिगो व्यवसायको विकास गर्न युवाहरू माझ आर्थिक क्षमतालाई सुदृढ गर्ने र प्राविधिक र वित्तीय अवसरहरूमा युवा र महिलाको पहुँच सुधार गर्न स्थानीय सरकार, वित्तीय संस्थाहरू र सहकारीहरूसंग समन्वय गरि युवा नेत्तृत्व बृद्धि गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

तालिम पश्चात सहजकर्ताहरुले ग्रामीण क्षेत्रमा रिफ्लेक्ट साक्षरता कक्षा सञ्चालन गर्नेछन् । युवा, महिला, अपांगता भएका व्यक्ति, आर्थिक रुपमा बिपन्न समुदायका व्यक्तिहरुलाई सहभागि गराएर सहजकर्ताहरुले कक्षा सञ्चालन गर्नेछन् ।  सात दिनसम्म संचालन हुने तालिममा समुदाय स्तरमा युवाहरुले भोगेका समस्याको सहजीकरण, सिप बिकास तथा नेत्तृत्व बिकासका लागि सहभागीहरुलाई लोकतान्त्रिक समूह निर्माण गरी एक अर्कामा तालिम अवधिभर प्रतिस्पर्धात्मक रुपमा अगाडि बढाउने तालिकाका श्रोत व्यक्ति सोनालाल चौधरीले बताए ।

प्रतिक्रिया