यो वर्ष पनि असोज ११ गते देखि १५ गतेसम्म स्यार्पू महोत्सव लाग्ने

यो वर्ष पनि असोज ११ गते देखि १५ गतेसम्म स्यार्पू महोत्सव लाग्ने

रुकुम पश्चिम :  जिल्लाको बाँफिकोट गाउँपालिकामा यो वर्ष पनि स्यार्पू महोत्सव लाग्ने भएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर -३ मा हरेक वर्ष लाग्ने महोत्सव यो वर्ष पनि असोज ११ गते देखि १५ गतेसम्म लाग्ने भएको हो । स्यार्पू महोत्सवका अवसरमा विविध खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको छ ।

महोत्सवमा स्वच्छ वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता, महिला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता हुने छ । त्यस्तै लोक दोहोरी, पौडी, भाले तान्ने, सटफुट र रसाकसी प्रतियोगिता पनि हुने स्यार्पू युवा तथा खेलकुद विकास समिति बाँफिकोटले जानकारी दिएको छ ।

भलिबलमा पुरुष तर्फ प्रथम हुने टिमले नगद १ लाख रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले नगद ६० हजार, कप मेडल र प्रमाणपत्र पाउँदा तेस्रो हुने टिमले नगद ३० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यस्तै सान्त्वना हुने टिमले नगद १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्यार्पू युवा तथा खेलकुद विकास समिति बाँफिकोटले जनाएको छ । महिला भलिबल तर्फ प्रथम हुने टिमले नगद ४० हजार, कप मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ३० हजार, कप मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

सान्त्वनाले ५ हजारको साथमा मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । महिला, पुरुष ब्याडमिन्टन प्रतियोगिता तर्फको पुरस्कार भने समान रहेको छ । आयोजकका अनुसार प्रथम जोडीले १० हजार, दोस्रोले ८ हजार र तेस्रोले ६ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

लोक दोहोरी र पौडी प्रतियोगितामा भने प्रथमले ५ हजार, दोस्रोले ३ हजार तथा तेस्रोले २ हजार र प्रमाणपत्र पाउने भएका छन् । यसका साथै ३९ वर्ष मुनि र ४० वर्ष माथीको सटफुट प्रतियोगिता तर्फको पनि पुरस्कार समान रहेको छ । प्रथमले २ हजार ५ सय, दोस्रोले १ हजार ५ सय र तेस्रोले ५ सय पुरस्कार पाउने आयोजक स्यार्पू युवा तथा खेलकुद विकास समिति बाँफिकोटका अध्यक्ष शन्देशकुमार केसीले जानकारी दिए ।

 

प्रतिक्रिया