ठाटीकाँधमा बालबालिका स्वास्थ्य परिक्षण शिविर सम्पन्न

ठाटीकाँधमा बालबालिका स्वास्थ्य परिक्षण शिविर सम्पन्न

सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिकामा बालबालिका स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर -६ को थापाटोल स्थित जनआधारभूत विद्यालयमा बालबालिका स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना, एइ आइ एन लक्जेमवर्गको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिकाको समन्वयमा स्वास्थ्य परिक्षण शिविर संचालन भएको थियो ।
स्वास्थ्य शिविरमा कक्षा १ देखि ५ सम्मका ५७ छात्र र ३९ छात्रा गरि जम्मा ९६ जनाले स्वास्थ्य परिक्षण गरेको ठाटीकाँधमा संचालित सहकार्य परियोजना सामाजिक परिचालक मनसरा बिष्टले बताइन । उनका अनुसार गाउँपालिकाको वडा नम्बर ६ थापाटोल जनआधारभुत विद्यालय थापाटोलमा संचालन गरिएको थियो ।
बालबालिका स्वास्थ्य परिक्षण शिविरमा डा. श्री सनम घलेको टीम परिक्षणको लागि पुगेको थियो । ५७ छात्र र ३९ छात्रा गरी ९६ जना विद्यार्थी नमूना संकलन गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको डा. घलेले बताए ।

प्रतिक्रिया