गुराँस गाउँपालिकामा प्रभु बैंकको वित्तीय साक्षरता कक्षा

गुराँस गाउँपालिकामा प्रभु बैंकको वित्तीय साक्षरता कक्षा

दैलेख : जिल्लाको गुराँस गाउँपालिकामा प्रभु बैंक लिमिटेड गुराँस शाखाले वित्तीय साक्षरता कक्षा सम्पन्न गरेको छ । गाउँपालिकाका जनप्रतिनीधिलाई वित्तीय सम्बन्धी जानकारी दिने र जनप्रतिनीधिमार्फत गुराँसका आम नागरिकहरुलाई वित्तीय जानकारी तथा सहज वित्तीय पहुँच पु¥याउने उदेश्यले साक्षरता कक्षा आयोजना गरिएको प्रभु बैंक गुराँस शाखाका शाखा प्रमुख भरतबहादुर खड्काले बताए ।

प्रभु बैंक कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सेनाको उपस्थितीमा सञ्चालित कक्षामा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, उपाध्यक्ष शिवाकुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, आठ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरु सहभागि थिए ।

वित्तीय साक्षरता कक्षामा लद्युउद्यम कर्जा, बैङ्गिक कसुर, अपराध, जालसाजी, रेमीटान्स साथै बैंकका वचत चल्ती खाता एटीएम, डिजीटल कारोबारको बारेमा जानकारी दिईएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षहरुले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता गराईदिन बैंकसँग आग्रह गरेका छन् । वित्तीय साक्षरता कक्षा गाउँपालिकाका सबै वडामा सञ्चालन गराउन सके थप प्रभावकारी हुने समेत उनिहरुको भनाई छ ।

प्रतिक्रिया