लामाखोल्सीमा स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या

लामाखोल्सीमा स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या

सिमकोट :  हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं -२ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ । वडा नं ३ लामाखोल्सी गाउँमा पहिलादेखि नै स्वास्थ्य संस्था नहुँदा गाउँमा बिरामी हुँदा उपचारमा थप समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

छिमेकी सिमकोट गाउँपालिकाको वडा नं -८ को खोल्सी गाउँको स्वास्थ्यचौकीमा उपचारलाई जाने गरेको स्थानीय रिकजेन लामाले बताए । गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिन आग्रह गर्दा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । गाउँमा गर्भवती महिला सुत्केरी हुन झन समस्या भएको छ ।

यस्तै जटिल बिरामीको उपचारमा तत्काल समस्या हुने गरेको उनको भनाइ थियो । वडा नं -३ लामाखोल्सी गाउँमा ३१ घरधुरी रहेको छ । दिनहुँ बिरामी जाँच, श्वासप्रश्वास, झाडापखाला, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका स्वास्थ्य सेवा पाउनबाट लामाखोल्सीवासी बञ्चित रहेको लामाले बताए ।

प्रतिक्रिया