ट्याक्टरबाट खसेर १७ वर्षीय बालकको निधन

ट्याक्टरबाट खसेर १७ वर्षीय बालकको निधन

दैलेख : दैलेखमा ट्याक्टरबाट खसेर १७ वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का १७ वर्षीय केसेन्द्र नेपालीको ज्यान गएको हो ।
सोमवार चामुण्डाविन्द्रासैनी नगरपालिका–५ खापर भन्ने स्थानबाट जम्बुकाँध बजारतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्याक्टरमा सवार उनको उपचारको क्रममा निधन भएको हो । ट्याक्टरबाट खसेर उनि घाइते भएका थिए ।

स्थानीय नविन मेडिकल हलमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का बिवेक खड्का प्रहरीको नियन्त्रणमा छन् । मृतक बालकको पोस्ट मार्टमका लागि दुल्लु अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया