नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री अनावरण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री अनावरण

सुर्खेत :  गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता२०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागिय टिममा ट्रफ्रीलाई टुरको रुपमा लिने निर्णय गरेको थियो ।

ट्रफ्री अनावरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट भनि प्रचार गरियता पनि खेल क्षेत्रमा कर्णाली अगाडी रहेको बताए । उनले कर्णालीले खेल क्षेत्रमा धेरै सम्भावना बोकेका कारण कर्णाली प्रदेश सरकारले पनि खेल क्षेत्रमा ठुलो लगानी गरेको भन्दै आज कर्णाली प्रदेशको आँगमा पुगेको नौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री कर्णालीमा भित्र्याउने गरी खेलाडीहरुलाई तयारी गर्न उनले निर्देशन दिए ।

‘अन्त खेलाडीहरुले खेल जितिसके पछि मात्रै पुरस्कार दिने गरेका छन् । कर्णालीमा हामिले खेल जित्नु भन्दा अगाडी नै पुरस्कारको घोषणा गरेका छौ,’ ‘मुख्यमन्त्री शाहीले भने, ‘खेलाडीहरुको लागि कर्णाली प्रदेश सरकारसँगै छ तपाईहरु यो आज आँगनमा आएको ट्रफ्री कर्णालीमा फिर्ता ल्याउने गरी तयारी थाल्नुहोस्,।’

ट्रफ्री टुरका संयोजक ओलम्पीयन दिपक विष्टले अन्य प्रदेश भन्दा कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई महत्व दिएको भन्दै कर्णालीको खेल क्षेत्रमा ठुलो सम्भावना रहेको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेशमा पुगेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री चुम्नको लागि कर्णाली प्रदेशका खेलाडीहरु तयारी अबस्थामा रहेको भन्दै आज कर्णाली प्रदेशमा आइपुगेका ट्रफ्री कर्णालीमा नै फिर्ता आउनेमा आफु विश्वस्त रहेको बताए ।

कर्णाली प्रदेश सरकार खेल क्षेत्रका समस्या समाधान गर्नको लागि जहिले तयार रहेको भन्दै सदस्य सचिव संज्यालले खेलाडीहरुलाई कुनै पनि चिजको कमि हुन नदिने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषद लागिरहेको बताए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफी टुरका संयोजक दीपक विष्ट सहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागि भएका थिए पूर्व क्रिकेट कप्तान पारस खड्का भने कर्णालीमा उपस्थित भएनन् ।

 

प्रतिक्रिया