जुम्लामा म्याद नाघेको खाद्यान्न

जुम्लामा म्याद नाघेको खाद्यान्न

जुम्ला :  चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ्गा बजारमा रहेका पसलको अनुगमन गरेको छ ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी प्रमिला रिजालले जानकारी दिए ।

यो पटक समयमै अनुगमन गर्दा म्याद सकिएका खाद्यन्न वस्तु कम मात्रामा भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक भएकोले उपभोक्ता मर्कामा परेको स्थानीयवासी उपराज रावतले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीका अनुसार अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ ।

खाद्य अनुसन्धान अधिकृत डा सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको पाइने गरेको छ ।

प्रतिक्रिया