खिट्कीजिउँला राकमकर्णाली सडक सूचारु

          |   प्रकाशित मितिः बिहिबार, अशोज २७, २०७९     ::: 352 पटक पढिएको   |  

दैलेख : खिट्कीजिउँला राकमकर्णाली सडक सूचारु भएको छ । अबिरल बर्षातका कारण बन्द रहेको खिट्कीजिउँला राकमकर्णाली सडक बाटो पुर्णरुपमा सुचारु भएको भएको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग अन्तरगर्तको यो खण्ड अविरल बर्षाको पुर्णरुपमा बन्द भएको थियो ।

जिल्लाको दैलेख आठबिस नगरपालिका ४ खिट्कीजिउँलास्थित सडक माथिबाट पहिरोसँगै ठुलो ढुङ्गा खसी अबरुद्ध थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहका अनुसार बुधवार रातीदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताए । सडक सूचारुका लागि प्रमुख जिल्ला अधिकारी लगाएत सुरक्षा निकाय तथा जनप्रतिनीधिको टोली खटिएको थियो ।



Leave a comment

Your email address will not be published.


*