पहिरोमा परी मृत्यु भएको मृतकका परिवारलाई २५ हजार सहयोग गरिने

पहिरोमा परी मृत्यु भएको मृतकका परिवारलाई २५ हजार सहयोग गरिने

फाइल तस्बीर

हुम्ला :  कर्णाली प्रदेश सरकारले गत असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्युु भएको परिवारलाई जनही २५ हजार क्रियाखर्च स्वरुप सहयोग गर्ने भएको छ ।

तत्तकालका लागि क्रिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्येश्यले सो रकम परिवारलाई उलब्ध गराउन लागिएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले बताए ।

मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको बिपद् सम्बन्धी कार्यक्रममा बोल्दै पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई क्रियाखर्च वापत राहत दिन सरकारले यो ब्यवस्था गरेको पनि बताए ।

पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए भने अझै १९ जना बेपत्ता भएका छन् । हुम्लामा मात्र ६ जनाको मृत्युु भएको थियो । यसैगरी प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाईते भएकाहरु उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य समेत भईरहेको मुख्यमन्त्री शाहीले बताए ।

उनले पहिरोबाट सडकमा ठूलो क्षति पुगेकोले सरकारले सडक मर्मतका लागि बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया