दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा हुने

काठमाडौँ :  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को ११५ औं बैठकले कर्णाली प्रदेशको सुर्खेतमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

दशौं संस्करणको खेल दुई वर्षपछि हुनेछ। राष्ट्रिय खेलकुदको बोर्ड बैठक २०८१ मा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने सर्वसममत निर्णय गरेको हो।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार (३ कात्तिक)मा हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिने बताइएको छ।

प्रतिक्रिया