छाउगोठ बस्नु गलत हो

        जितेन्द्र थापा   |   प्रकाशित मितिः शनिबार, कार्तिक ५, २०७९     ::: 348 पटक पढिएको   |  

सुर्खेत : महिनावारी बार्ने अर्थात महिनावारी विभेद (छाउपडी प्रथा) समाजमा जरो गाडेर बसेको छ । महिनावारी बार्ने चलन अर्थात ‘छाउपडी प्रथा’ ले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् । यो मानव अधिकारको उल्लंघन हो ।

संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । ‘छाउपडी प्रथा’ अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन महिनावारी विभेद (छाउपडी प्रथा) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त तेस्रो श्रृंखलामा अजयमेरु गाउँपालिका–४ डडेल्धुराकी सिर्जना ऐडीसँग कुराकानी गरेका छौ । प्रस्तुत छ, बास नेपालमा कार्यरत ऐडिसँग ज्वाला सन्देश अनलाइनका सुर्खेत प्रतिनीधि जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंश :

महिनावारीलाई कसरी बुझ्नुहुन्छ ?

मेरो बुझाईमा महिनावारी निरन्तर चल्ने प्रक्रिया हो ।

तपाईको पहिलो महिनावारी कस्तो थियो, भोगाई कस्तो रह्यो ?

म पहिलो महिनावारी हुँदा अप्ठेरो नै महसुस भएको थिए । गाउँघरको पृतिसत्तात्मक सोच र जति परिर्वतन गरौँ भन्दा पनि परिर्वतन हुँदैन । त्यसका कारण पनि पहिलो पटक महिनावारी हुँदा अप्ठेरो महसुस भएको थियो । बुबा र दाइभाईलाई चार दिनसम्म हेर्न नपाइने थियो । चारदिन सम्म नुहाएर उहाँहरुलाई हेर्न हुन्न भन्ने थियो । मैले पनि त्यही भोगेर आएकी हुँ । घरको यताउती छुन पनि नदिने, भित्र पनि पस्न नदिने, अनुहार हेर्न पनि नमिल्ने भन्ने थियो । मैले पनि त्यही भोगे ।

पहिलो महिनावारी भएका चार दिन कसरी बितेका थिए ?

म महिनावारी भएको चारदिनसम्म अलग्गै कोठा थियो । चार दिनसम्म बुबा र दाइभाइको अघि अनुहार नदेखाएर बसेको थिएँ । घर बाहिर जान सम्भव थिएन । कोठा भित्रै बसे । दाई भाइ र बुबालाई हेर्न हुँदैन अशुभ हुन्छ भन्ने चलन थियो । त्यो बेला आमा र हजुरआमाले यसै भन्नुहुन्थ्यो । त्यो बेला किन नहेर्ने भन्ने विषयमा केही जानकारी थिएन । म १५ वर्षको उमेरमा पहिलो महिनावारी भएको थिएँ । त्यो बेला अहिलेको जस्तो प्रविधि पनि थिएन । अहिले जसरी कसैले राम्रोसँग समाज बुझेको नै थियो । हेर्न हुन्न नराम्रो हुन्छ भन्ने पृतिसत्तात्मक सोचकै कारण हो । चारदिनसम्म अलग्गै बस्ने कसैलाई नहेर्ने । बाहिर पनि बुबा र दाई भएको बेला नजाने । कोठा भित्र नै बसिराख्ने भन्ने थियो । खानपिनमा दुध दही पोषिलो खानेकुराहरु पनि नदिने हुन्थ्यो । खानामा पनि त्यो बेला दाल भात तरकारी खान दिइन्थ्यो ।

महिनावारी विभेद (छाउपडी) चलन पहिलेको अवस्था र अहिलेको अवस्था कस्तो पाउनुभयो ?

महिनावारी हुँदा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ । पहिले महिनावारी हुँदा महिनावारी भएको अनुहार हेर्न हुँदैन भन्ने थियो । अहिले त्यो परिर्वतन भएको छ । महिनावारी हुँदा प्याड समेत प्रयोग गर्न हुँदैन भन्ने सोच हुन्थ्यो । त्यो परिर्वतन भएको छ । सबैले लगायत मैले पनि प्याड प्रयोग गर्ने गर्छु । पहिले खानपिनमा पनि धेरै कुराहरु बार्ने चलन थियो अहिले खानेकुरा बार्ने हुँदैन । केही ठाउँहरुमा भएता भनि अहिले प्राजसोले दुध दही लगायतका पोषिलो खानेकुरा खानुहुन्छ र म पनि खाने गर्दछु । ग्रामिण भेगहरुमा परिर्वतन हुन सकेको छैन् । दुध दही खान नदिए पनि अन्य पोषिलो खानेकुरा दिने खाने चलन छ । महिनावारी भएकाहरुलाई विशेष हेरचाह गर्ने चलन छ । पहिलेको भन्दा अहिले धेरै परिर्वतन भएको छ । गहिरो रुपमा जरा गाडेर बसेको यो छाउपडी अन्त्यको लागि सबैले पहल गर्न आवश्यक देखिन्छ । छाउपडी भनेको एउटा निरन्तर चल्ने प्रक्रिया भएकाले यस्लाई छाउपडीको रुपमा नहेरेर एउटा सृष्टिकर्ताको उदय भएको रुपमा लिनुपर्छ ।

तपाईले महिनावारी हुँदा कस्ता खानेकुरा खानुहुन्छ नी ?

म महिनावारी हुँदा पोषिलो आइरनयुक्त खानेकुरा खाने गर्छु । जसले गर्दा म स्वस्थ छु । पोषिलो खानेकुराले गर्दा मलाई कुनै समस्या छैन ।

मर्यादित महिनावारी बनाउन के गर्नुपर्ला ?

महिनावारीलाई मर्यादित बनाउन पहिले आफ्नो सोच परिवर्तन गर्नुपर्छ र मेरो पनि परिर्वतन भएको छ । गाउँघरमा अझै पनि जनचेतना पुगेको छैन । महिनावारी बारे राम्रोसँग सम्झाई बुझाई गर्नुपर्छ । ग्रामिण भेगहरुमा चेतना स्तर बढाउनुपर्छ । सरकारले छाउगोठ भत्काएर हुँदैन । पहिले ग्रामिण स्तरका नागरिकलाई जनचेतना फैलाउनुपर्छ । अनि मात्र छाउगोठ आफै भत्किएर जान्छ । नत्र छाउगोठ भत्काए पनि पुनः जरा हालेर माथि उठ्छ, उम्रिन्छ ।

के तपाई महिनावारी हुँदा छाउगोठ बस्नुहुन्छ ? अनि छाउगोठ पस्नैपर्छ त ?

छाउगोठ बस्नु गलत हो । छाउगोठ बस्नु हुँदैन । जबसम्म ग्रामिण भेगका नागरिकहरुमा चेतना स्तर माथि उठ्दैन । यसका सबै जराहरु उप्किन सक्ैनन् । छाउगोठ र छाउपडीका जराहरु नउम्किदाँसम्म सुरक्षित तरिकारले सुरक्षित कोठामा बस्नुपर्छ । सफा भएर बस्नुपर्छ । चेतनास्तर उठेसँगै छाउगोठ र छाउपडीको जरा आफै हराएर जान्छ । महिनावारी विभेद अर्थात छाउपडीका जराहरु बिस्तारै उप्किन्छन् ।



Leave a comment

Your email address will not be published.


*