गुराँस अस्पतालमा भीडियो एक्सरे सेवा सञ्चालन, गर्भवतीलाई निशुल्क

गुराँस अस्पतालमा भीडियो एक्सरे सेवा सञ्चालन, गर्भवतीलाई निशुल्क

दैलेख : जिल्लाको गुराँस अस्पतालमा भीडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको छ । गुराँस गाउँपालिकाको रानीमत्तास्थित अस्पतालमा भीडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको गुराँस गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । उनका अनुसार बुधवारबाट सुरु भएको सेवा गर्भवती महिलालाई निःशुल्क हुनेछ ।

कोरोनाको महामारीको समयमा २०७७ फागुन २१ गते कोभिड अस्पतालको रुपमा स्थापना गरि सञ्चालनमा ल्याईएको अस्पतालमा भीडियो एक्सरे सेवा थप गरिएको हो । पाँच शैयाको कोभिड अस्पतालमाको रुपमा स्थापित अस्पतालमा कोभिड व्यवस्थापनसंगै जनताको पहुँचमा गुणस्तरीय स्वास्थ सेवा प्रदान कार्यमा चिकित्सकसहित जनतालाई घरदैलोमै स्वास्थ सेवा पु¥याउने लक्ष्य लिईएको थियो ।

अहिले गाउँपालिकाले अस्पतालमा थप सुविधा थपेर गाउँपालिकाबासी सहित अन्य क्षेत्रका नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा दिन लागिएको गाउँपालिकाका प्रवक्ता ओलीले बताए ।

प्रतिक्रिया