दुल्लु क्षेत्रको विकास : मतदाताको मत गठबन्धनलाई दिने विचार

दुल्लु क्षेत्रको विकास : मतदाताको मत गठबन्धनलाई दिने विचार

यहाँ दुल्लु भन्नाले साविक दुल्लु गाविस वा नगरपालिका को कुरा हैन् । यहाँ प्रतिनिधि सभा वा संघीय संसद निर्वाचन क्षेत्र भनेर बुझ्नुहोला र हो पनि त्यहि । राज्य प्रणालीको विकसित रुप फेरीए जस्तै दुल्लुको परिभाषा फेरिएको मात्रै हो । नेपालको तत्कालिन अवस्थामा दुल्लु क्षेत्र आफैमा शक्तिशाली राज्यको राजधानी हो । यस कुरालाई कसैले नकार्न सक्दैन । यसको जिउदो ईतिहास दुल्लु स्थित दरवार हो । त्यहाँ वरपरका पुरातात्विक सरचना र धारा पार्टी अनि पौवा हुन । त्यति मात्रै हैन त्यहा वरिपरी गाईने मांगल देउडा र कर्को हुन् । यसैगरी गुठि र गुठियारको ईतिहास पनि हो । त्यसकार र हालको शासकीय संरचना अनुसार निर्वाचन क्षेत्रको आकार र यसको फैलावट नै विशाल दुल्लु क्षेत्र हो ।

समयको गति र मानिसको सकुचनले यसलाई सिमित टोल जस्तो बनाउदै छ । अस्तित्व नै सकटमा रहेको दुल्लु र ज्वाला क्षेत्रमा जे जति कर्णाली राज्य भएको बेला ऐतिहासिक र पुरातातिव्क विकास भएका थिए । त्यति नभए पनि हालको आधुनिक नेपालको कर्णाली प्रदेश राज्यको दोस्रोपटक हुँदै गरेको चुनावबाट हामी संघ र प्रदेश दुवैमा नयाँ नेता छान्दै छौ । यसमा कुनलाई छान्दा समग्र दुल्लुको विकास हुन्छ । यस क्षेत्रको विकासलाई व्यवस्थित र सभ्यताको आमुल विकास कसले गर सक्ला । यसको जवाफ हामीले मंसिर ४ गते नै छान्ने छौ ।

यहाँको प्राकृतिक सुन्दरतालाई हामीले वर्णन गर्ने पर्दैन । कीनकी त्यो आफैमा महाभारत र रामायण र ज्वाला पुराणमा छ । तर अलि फरक पाटो लाई हेरौ २००७ सालको प्रजातन्त्र आएपछिका सरकार र पञ्चायत सरकार का एक जना माननीयको नाम अहिले पनि दुल्लु क्षेत्रमा नाम लिएको पाईन्छ । उनि हुन् माननीय केशव बहादुर शाह । जो रैथाने दुलाल राजाका सन्तान हुन् । यिनले गरेका कामको अहिले पनि मानिसहरु मुक्तकण्ठले प्रशंसा गरिरहन्छन् । शाह स्वास्थ्य राज्यमन्त्री पनि भएका थिए । यस पछी २०४६ सला पछी सतामा जाने यस क्षेत्रका माननीयहरु मध्ये सम्झिन लायकको माननीय होलान् त् भनेर दुल्लु क्षेत्रका मालिकादेखिराकम सम्म सोध्यो भने सबै उस्तैउस्तै हुन् भन्छन् ।

अब दलगत चर्चा गरौ । २०४६ सालको प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउन आमनिर्वाचन गरियो फलस्वरूप: देशमा आमनिर्वाचन भयो र नेपाली काँग्रेसले बहुमतको एकल सरकार बनायो । त्यति बेला नेपाली काँग्रेसका उम्मेदवार माननीय रंग बहादुर शाहीले जिते । गिरिजाको सनकमा मध्यावधि भयो । हाम्रो दुल्लु क्षेत्र मजदुर किसान पार्टीका उम्मेदवार विनोद कुमार शाहले चुनाव जिते । त्यसपछि को एक चुनावमा एकपटक शिवराज जोशी र बाँकीका सबै चुनाव नेकपा एमालेका उम्मेदारले जिते । एवंम रितले कम्युनिस्ट लालकिल्ला जस्तो देखिने यो क्षेत्रमा काम गतिलो भएन् । फलस्वरूप जनताको सामाजिक आर्थिक शैक्षिक अवस्थामा कुनै परिवर्तन आएन । कांग्रेसको पालामा शुरु गरिएका बाटाहरु अहिले पनि यस्तै छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र विजुलीको अबस्था उस्तै छ । हिलो र धुलो सडकमा हिड्न मानिसहरु बाध्य छन् । दिनहुँ जसो फेसबुकमा जनताले नेतालाई धारे हात लगाएका छन् । समाज रुपान्तर हँुदै गएको छ । तर नेताको सोच र सोच्ने शैलीमा रुपान्तरण भएको देखिदैन । खास गरि एमालेको नेतृत्वमा । विशाल भीमकाय सपनाका पुलिन्दा र झुटको खेतीपाती गर्दै आएको एमाले र यसको नेतृत्व संविधानलाई कुल्चेर पनि जनताका सामु भोट माग्दै छ । जनताले प्रश्न गर्न बेला आएको छ । पन्ध्र वर्ष के गरेर बितायौ । अरु त् थुप्रै कुराहरु छन । ग्यास खै पानी जहाज खै रेल खै यस्ता तमाम प्रश्नको घेरामा रहेको एमाले संविधानको बर्खिलाप गएर अर्को फन्दामा देशलाई धकेल्ने कु–चेस्टाका कारण नक्कली देशभक्ति भजाएर सत्ता हत्याउने दाउमा छ । त्यसकारण पनि सिद्धान्त र विचार भन्दा माथि देश हुने भएका कारण यो देशमा लोकतान्तिक–बाम गठबन्धन भएको कुरा सबैलाई सर्वविदिदै छ ।

हाम्रो सपना साकार पार्न आएका गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराऔँ । हामी धुलो मुक्त सडकको पखाईमा बसेको वर्षौ भयो । खानेपानीको पीडामा अधेँरी रातमा घण्टौ हिडेर पानी लिन थालेको वर्षौ भयो । यसलाई निमिट्यान्न पार्न र समतामूलक समाज निर्माण र संविधानको अक्षरस पालना गर्न गठबन्धनका उम्मेदवारलाई यसपाली दान दिए झैँ सहयोग गरौ । विकास निर्माणलाई तीव्रता र भ्रष्टाचार शुन्य समाज निर्माण गर्नका खातिर समय र परिवेश अनुसारको शिक्षा दिन र आधुनिक कृषि प्रणालीको विकास गर्न र यस क्षेत्रको पर्यटन विकासका लागि पनि गठबन्धनले जित्न जरुरि छ ।
अन्त्यमा जबसम्म गाउँको विकास हँुदैन तबसम्म देशको विकास हुँदैन् । लोकतान्त्रिक व्यस्थालाई जोगाउन र संविधानको रक्षा गर्न यसपालीको मेरो भोट गठबन्धनलाई । तपाइको परिवार र तपाईको भोट पनि गठबन्धनका उम्मेदवारलाई दिनुहुनेछ र समाज रुपान्तरण र शान्ती प्रक्रियाका बाँकी काम पुरा हुनेछन र देशमा नयाँ विकासको लहर आउने छ ।

लेखक सामाजिक लोकतन्त्र अध्ययन केन्द्र कर्णाली प्रदेशका महासचिव हुन् ।

प्रतिक्रिया