भैँसीपालक किसानको गुनासो : पहुँचकै भरमा कागजात मिलाएर अनुदान पाउछन् हामी पाउदैनौँ

भैँसीपालक किसानको गुनासो : पहुँचकै भरमा कागजात मिलाएर अनुदान पाउछन् हामी पाउदैनौँ


सुर्खेत :  नेपालमा बसेर काम नगर्नेका लागि र काम गर्न हिच्किचाउनेका लागि नेपालमा कुनै अवसर नभएको बताउँछन् दैलेखका भैँसीपालन व्यवसायि गन्ज थापा । पहिले नेपालमा सम्भावना केही छैन भन्ने लाग्थ्यो,’उनी भन्छन्, ‘जब केही न केही काम गर्नुपर्छ भनेर व्यवसाय गर्न थाले जताततै सम्भावना देख्छु ।’

दैलेखको ठाटीकाँध गाउँपालिका -२ मा जन्मेका गन्ज थापा एक भैँसी पालक व्यवसायि हुन् । सुर्खेतको वीेरेन्द्रनगर नगरपालिका -२ नयाँ गाउँ स्थित थापा कृषि तथा पशुपंक्षी नामक फर्म दर्ता गरेर भैँसी सँगै कुरा पालेका छन् । करिब ११ कठ्ठा जग्गामा मासिक १५ हजार भाडा तिर्ने गरेर सातवा भैँसी पालेका छन् । नेपालमा बसेर केही हुँदैन परदेश जानुपर्छ भन्नेहरुका लागि नेपालका एक उदाहरणिय किसान हुन् । सामान्य जीवनशैली, सामान्य लवाइख्वाईमा रमाउने उनी आम नेपालीका लागि एक नमुना भैँसीपालक हुन् ।

नेपालमा बसेर कुनै सम्भावना छैन परदेश वा कालापहाड जानुपर्छ भन्नेलाइ उनको जबाफ् छ ‘कालापहाड परदेश नजानुस सम्भावना नेपालमै छ । त्यहाँ जानु अर्काको गुलामी गर्नु मात्र हा । आफ्नै देशमा कुनै न कुनै व्यवसाय रोजेर गर्नु आफ्नै देशमा सुख छ परदेश र कालापहाडमा दुःख मात्र छ ।’

कुनै बेला आफु पनि नेपालमा कुनै सम्भावना नरहेको सोच्ने गरेको दिन मानसपटलमा ताजै छन् । सामान्य परिवारमा हुर्केका उनको पहिलेको आर्थिक अवस्था दयनीय थियो । भारतका विभिन्न ठाउँहमा बाह्रै महिना उतै बस्ने गर्थे । जस्ले गर्दा वर्षभरि घरपरिवार पाल्न ठिक्कै हुने गरेको उनी बताउँछन् । पहिले म पनि भारतमा जान्थे नेपालमा सम्भावना छैन दुःख मात्र छ भन्थे,’उनले भने, ‘अहिले आफ्नै देशमा कर्णाली प्रदेशको राजधानी नजिकै परिवारसँगै बसेर भैँसी र कुखुरा पालेको छु । जस्ले गर्दा मलाई आर्थिक समस्या र दुःख छैन । कुनै पनि व्यवसाय गर्न हिच्किचाउने बानी र आफ्नो देशमा सम्भावना नदेखेपछि दुःख पाइने रहेछ । अहिले वर्षभरि भारतमा कमाउने पैसा अहिले दुइ तिन महिनामै कमाउछु ।’

यसरी बने भैँसीपालन व्यवसाय 

दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेर भारतमा मज्दुरी गर्न जान्थे गन्ज थापा र धन थापा । भारतमा गएर मज्दुरी गरेर हम्मे हम्मे हुन्थ्यो परिवार पाल्न्का लागि पनि । भारतमा गएर मज्दुरीले मात्र गरेर नसकिने भएपछि दुइभाइ गन्ज र धन थापा जग्गा हेर्ने सिलसिलामा सुर्खेत पुगे । सुर्खेतमा जग्गा पनि हेरे र जग्गा पनि किने ।

भारतमा मज्दुरी गरेको केही पैसा जग्गामा लगाए र बचेको पैसाले भैँसी किने । ख्यालख्यालमै दुइवटा भैसी ल्याएका दुइभाइ थापाले भैसीपालन व्यवसायबाट सुर्खेतमा सम्भावना होला र ? भन्ने मात्र सोच्ने उनीहरुका एकाएक दिनहरु बदलिएलान् भन्ने कल्पनासमेत थिएन । दुइवटा भैसीले मात्र पनि महिनामा साठीहजार दिने भएपछि भैँसीपालन व्यवसाय गर्ने सोभ पलायो । त्यसपछि दैलेख देखि नै ७ वटा भैँसी खरिद गरेर ल्याए ।

२०७८ माघ १८ गतेदेखि भैँसीपालन व्यवसाय गरेका थापाको । एकाएक जस्ले उनीहरुको जिन्दगी बदलियो । दुध, दही, घ्यु बेच्न थाले । अहिले सुर्खेतमा दुधको मागअनुसार पु¥यान हम्मे हम्मे परेको छ । सुर्खेतको वीरेन्द्रनगर २ सुर्खेतमा थापा कृषि तथा पशुपंक्षी फर्म संचालन गरेर दुध, दही, घ्यु र कुखुराबाट वार्षिक पन्ध्र देखि २० लाखसम्म आम्दानी हुने गरेको थापा बताउँछन् ।

सरकारबाट कुनै सहयोग छैन

नेपालमै बसेर केही गरौँ भन्नेहरुका लागि सरकारले पनि प्रोत्साह गर्नुपर्छ । कृषि तथा पशुपालनका क्षेत्रमा लागेका कृषकलाई अनुदानको व्यवस्था गर्नुपर्छ । तर त्यसो हुन नसकेको व्यवसायि थापा बताउँछन् । मैले भैँसीपालनमा आफ्नै व्यक्तिगत लगानीमा गरेको छु,’उनी भन्छन्,’अहिलेसम्म धेरै प्रयास गरेँ अनुदानका लागि कतैबाट पनि अनुदान पाएको छैन । एकपटक एउटा ठाउँबाट कर्मचारी आउनुभएको थियो । तपाईले आधा रकम पाउनुहुन्छ भनेपछि अनुदान लिन अस्वीकार गरेँ ।’

लगानी भए त धेरै भैँसी पाल्ने मन थियो तर थोरै लगानी भएकाले गाउँघरमै पालिने भैँसी ल्याएर पालेको उनी बताउँछन् । अहिलेसम्म सरकारबाट कुनै अनुदान पाएका छैन,’उनलले भने, ‘ तराइको मुर्रा जातको भैँसी किन्ने हो भने धेरै खर्च लाग्छ । मैले गाउँकै भैँसी किनेर फर्म संचालन गरेको हुँ । यहाँको भैँसीले भन्दा दुध गाउँकै भैसीले धेरै दिने गर्दोरहेछ ।’

‘तराईको भैसीको न्युनतम टेढ लाख माथि भन्छन् गाउँमा ६० देखि ७० हजारसम्म पाउँछन् । फेरी यहाँको भैसीको भन्दा डबल दुध गाउँकैले दिन्छन् । सातवटा भैँसीले बेलुका २५ लिटर दुध दिन्छन् । सरकारले हामीजस्ता केही गरौँ भन्ने किसानले सरकारबाट अनुदान पाउँदैनन् । नेताको पछि पछि लागेर झोला बोक्नेहरुले झोलामै फर्म राखेका हुन्छन् उनीहरुले नै फर्म दर्ताको प्रमाणपत्रले अनुदान पाउँछन् हामी जस्तो मेहनत गर्ने रातदिन व्यवसायमा ध्यान दिनेहरुका लागि सरकारबाट कुनै पनि अनुदान पाउँदैनौँ’ उनले भने ।

 

प्रतिक्रिया