दैलेखमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटो फिचर)

दैलेखमा  यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटो फिचर)

दैलेख : भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । यतिबेला मतदान केन्द्र निर्माणमा कर्मचारी खटिएका छन् । मतदान केन्द्रमा खटिएका कर्मचारीसहित स्थानीयको सहभागितामा मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । कतिपय मतदान केन्द्रहरुमा मतदान स्थल निर्माण भईसकेका छन् ।

दैलेखमा एक सय ३९ मतदान स्थल र दुई सय ७ वटा मतदान केन्द्र छन् । जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिईन् । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. एक मा ७३ मतदान स्थल छन् भने एक सय ३ मतदान केन्द्र छन् ।
यस्तै प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ मा ६६ मतदान स्थल र एक सय ४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया