बैतडी जिप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते

बैतडी जिप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते

बैतडी  : बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका ६ जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया