दैलेख–१, प्रदेश सभा (ख) मा काँग्रेसका कृष्णकुमार बिसी विजयी

दैलेख–१, प्रदेश सभा (ख) मा काँग्रेसका कृष्णकुमार बिसी विजयी

दैलेख : दैलेखको प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तरगर्त प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन् । उनि एक हजार ७६ मतान्तरले विजयी भएका हुन् ।

यो प्रदेश सभामा जम्मा खसेको मत २३ हजार ३ सय ४३ गणना गर्दा बिसी १० हजार ५ सय ४४ मतसहित विजयी भएका हुन् । प्रदेश सभामा निर्वाचित बिसी २०७४ को निर्वाचनमा दैलेख–१, प्रदेश सभा (क) मा पराजित भएका थिए । गठबन्धनको बलमा यस पटक प्रदेश सभा (ख) बाट निर्वाचित भएका हुन् । प्रदेश सभामा निर्वाचित बिसीलाई सत्ता गठबन्धनको साथ थियो ।

उनका निकटत् प्रतिद्वन्दी नेकपा एमालेका प्रेमबहादुर थापाले ९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । एमालेका थापा निवर्तमान जिल्ला समन्वय समितिको प्रमुख हुन् । यो प्रदेश सभा अन्तरगर्त दैलेखका नौमूले र महाबु गाउँपालिका र नारायण नगरपालिका पर्दछन् ।

प्रतिक्रिया