एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह प्रदेश सभामा निर्वाचित

एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह प्रदेश सभामा निर्वाचित

प्रदेश सभामा निर्वाचित विनोदकुमार शाह । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह प्रदेश सभामा निर्वाचित भएका छन् । दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा (ख) बाट उनि निर्वाचित भएका हुन् । शाह ९ हजार ४ सय ६४ मतसहित प्रदेश सभामा निर्वाचित भएका हुन् । एमालेले दैलेखका दुई वटा प्रतिनीधि सभा निर्वाच क्षेत्र र तीन वटा प्रदेश सभा निर्वाचन क्षेत्र गुमाउँदा शाहले जीत हात पारेका हुन् ।

शाहका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र शाही ८३ मतान्तरले पराजित भएका छन् । माओवादी केन्द्रका शाहीले ९ हजार ३ सय ८१ मत पाएका छन् । यी दुई नेता उम्मेदवारी दर्ता गराउनुको अघिल्लो दिनसम्म एउटै पार्टी अर्थात नेकपा एमालेमै थिए । एमालेबाट यो प्रदेश सभामा शाहले टिकट पाए भने एमालेमा टिकट नपाएपछि शाहीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर उम्मेदवारी दिएका थिए ।

प्रदेश सभामा निर्वाचित शाह भारतको नैनितालबाट उच्च शिक्षा अध्ययन गरेर फर्किएपछि पञ्चायती व्यवस्थाले नागरिकका प्रजातान्त्रीक हक अधिकार हनन् गरेको बारे बोलेको आरोपमा २०२८ सालमा हिरासत बस्नुपरेको थियो । २०३५ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका शाहले नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यको रुपमा काम गरेका थिए ।

२०३५ सालमा पञ्चायती व्यवस्था विरुद्ध लागेको आरोपमा ९ महिना जेल जीवन बिताएका शाह दैलेखबाट नेपालजंग जेल सारेर अमानविय यातना दिएको अवस्थामा जेलबाट भागेर भारतमा भई बहुदलिय व्यवस्था स्थापनामा संघर्ष गरेका थिए ।

२०४३ सालमा प्रधानपञ्चमा निर्वाचित शाह पञ्चायत कालमा दैलेखको मदिरा विरोधी आन्दोलनको अगुवाई गरेका थिए । पञ्चायत विरोधी आन्दोलनमा सक्रियता बढाएपछि २०४५ सालमा पुन जेल परेका शाह २०५१ सालमा दैलेख निर्वाचन क्षेत्र नंं. २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
२०५१ सालमा बनेको नेकपा एमाले सरकारले गरेका लोकप्रिय काम र चुनावका माध्ययमबाट सरकार गठन गरी प्रगतिशिल सुधारका काम गर्ने कार्यनितिबाट प्रभावित भई शाहले २०५२ सालमा दैलेख जिल्लामा नेपाल मजदुर किसान पार्टीलाई नेकपा एमालेसँग् एकीकरण गर्ने कामको नेतृत्व गरेका थिए ।

जलस्रोत सहायक मन्त्री समेत भईसकेका शाह दैलेखमा नेकपा एमालेको बलियो संगठन बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता हुन् । नेकपा एमालेको राष्ट्रिय प्रतिनीधि परिषद् सदस्य, केन्द्रीय अनुशासन आयोगको सदस्य भई काम गरेका शाह अहिले एमालेको प्रदेश अध्यक्षको भूमिकामा छन् । विभिन्न २० बढि देशको भ्रमण गरेका शाह युरोप अमेरिका र एशिया जस्ता देशको विकास मोडल र राजनीतिक व्यवस्थालाई नजिकबाट अध्ययन गरेका नेता हुन् ।

प्रतिक्रिया