रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह भारी मतान्तरका साथ विजयी

रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह भारी मतान्तरका साथ विजयी

रौतहट : रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह महागठबन्धनलाई भारी मतान्तरका साथ हराउँदै विजयी भएका छन् । एमालेबाट राजीनामा दिएपछि सत्ता गठबन्धनको समर्थनमा साह ३२ हजार ४३७ मत ल्याएर विजयी भएका हुन् ।

साह एमालेबाट चुनाव नलडेपछि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका रविन्द्र पट्टेललाई उम्मेदवारी दिन आग्रह गरेका थिए । अन्तिममा उनले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले पार्टीबाट कारबाही गरेको थियो ।

साहले पाचाकल चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । साहका निकटतम् प्रतिद्वन्द्वी ओमप्रकाशले २५ हजार २ सय मत ल्याएका छन् । उनी एमालेको समर्थनमा दोस्रो भएका हुन् । माओवादीका बागी उम्मेदवारी दिएका पट्टेलले ८ हजार ४५८ मत ल्याएर तेस्रो भएका छन् ।

 

प्रतिक्रिया