दैलेखमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन

दैलेखमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन

सुर्खेत  : दैलेखको भैरवी गाउँपालिकामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन भएको छ । सभ्य समाज निर्माणको अभियान: लैंङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन भएको हो । यो अभियान ९ मंसिर देखि २४ गते सम्म संचालन हुने बताइएको छ ।

भैरवी गाउँपालिकाको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र ए.इ.आइ एन लक्जेम्वर्गको आर्थिक सहयोगमा सुरु भएको छ ।  भैरवी गाउँपालिका उपाध्यक्ष देवि भण्डारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेकि थिइन् । कार्यक्रममा घरेलु हिंसा, बालबाविह, महिनावारी घरेलु हिंसा लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष भण्डारीले १६ दिने अभियानको क्रममा गाउँपालिकाका सबै वडामा पुगेर बालबिवाह, महिला हिंसा, महिनावारी विभेद लगायतको तथ्यांक संकलन गर्ने बताइन् । हामी कसैले घरेलु हिंसा, महिनावारी विभेद, बालबिवाह गर्न हुँदैन,’उनले भनिन्, ‘यस्ता कुराको हामी सबै नागरिक मिलेर जराबाटै उखेलेर फाल्नुपर्छ ।’

भैरवी गाउँपालिकाको प्रत्येक वडाहरुमा यो अभियान १÷ १ दिन चल्ने आधार परियोजना सामाजिक परिचालक बालकुमारी नेपालीले बताइन् । गाउँपालिकाका सबै वडाहरुमा यो अभियान संचालनपश्चात् घरेलु हिंसा न्युनिकरणमा टेवा पुग्ने उनको भनाई छ । यो अभियानमा सबैजना एकजुट भएर घरेलु हिंसा, बालबिवाह, महिनावारी विभेदको अन्त्य गर्नुपर्ने नेपालीको भनाई छ ।

 

प्रतिक्रिया