लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दैलेख : दैलेखमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ दैलेखमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको हो । नारायण नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना तथा सोसेक नेपाल लगाएतका सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वयमा अभियानको शुभारम्भ गरिएको हो ।

निवर्तमान प्रतिनिधिसभा सदस्य पार्वतीकुमारी विशुन्के, नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापाको उपस्थितीमा अभियानको शुभारम्भ गरिएको हो । शुक्रवार दैलेख सदरमुकामस्थित देवकोटा चोकमा दिपप्रज्वलन तथा म हिंसा गर्दिन, म हिंसा सहदिँन भन्ने प्रतिबद्धतासहितको हस्ताक्षर गरेर अभियानको सुरुवात गरिएको छ ।

अभियान २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुनेछ । अभियान अन्तरगर्त विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कार्यतालिका छ ।

 

प्रतिक्रिया