कालीकोटमा गठबन्धनका उम्मेदवारको जित

कालीकोटमा गठबन्धनका उम्मेदवारको जित

कालीकोट: कालीकोटबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भारी मतका साथ गठबन्धनका उम्मेद्वारहरू विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं सत्ता गठबन्धनका उम्मेद्वार महेन्द्रबहादुर शाहीले विजयी भए ।

उनले २४ हजार ४ सय ७४ मत ल्याएर नेकपा एमालेका उम्मेद्वार नगिन्द्र शाही नेशनललाई पराजित गरे । उनका प्रतिद्धन्दी एमाले उम्मेद्वार शाहीले १६ हजार ४ सय १० मत प्राप्त गरे । सत्ता गठबन्धनका उम्मेद्वार शाहीले ८ हजार ६४ मतान्तरले विजय हासिल गरे । उनीसँग लडेका अन्य साना दल र माओवादीबाटै बागी उम्मेद्वारी दिएका कासीचन्द्र बरालले २ हजार मत कटाउन सकेनन् । बागी उम्मेद्वारको सामनाका बीच पनि उनले भारी मतान्तरले विजय हासिल गरे ।

यस्तै नेपाली कांग्रेस कालीकोटका नेता हिक्मतबहादुर बिष्ट कालीकोट प्रदेश सभा ख मा निर्बाचत भएका छन् । उनले नेकपा एमालेका नेता बिरेन्द्रबहादुर बोगटीलाई ७ हजार ९ सय ४४ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । बिष्टले कुल १३ हजार ७ सय ८३ मत पाउदा उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार बोगटीले ५ हजार ८ सय ३९ मत प्राप्त गरे । उनी झण्डै ३० बर्षपछि कांग्रेसबाट जित्ने पहिलो सांसद हुन् ।

यस्तै प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रकै नेता दुर्गबहादुर रावत विजयी भएका छन् । उनी २०७४ सालका संघिय सांसद पनि हुन् । उनले एमालेका उम्मेद्वार पुर्वमन्त्री कुर्मराज शाहीलाई पारजित गरेका हुन् । रावतले कुल ९ हजार ११ मत पाउदा नेकपा एमालेका उम्मेद्वार शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया