‘स्वर्ग नपुगे पनि स्वर्गमै आएजस्तो अनुभूति भयो’ (फोटो फिचर)

‘स्वर्ग नपुगे पनि स्वर्गमै आएजस्तो अनुभूति भयो’ (फोटो फिचर)

रामचन्द्र बस्नेत (भाष्कर)
डोल्पा : कर्णाली साच्चिकै सुन्दर छ । यहाँ स्वर्ग पाइन्छ । कर्णाली प्रदेशमैै पर्ने जिल्ला हो डोल्पा । डोल्पामा पर्यटकीय क्षेत्रका प्रचुर सम्भावना बोकेका थुप्रै ठाउँहरु रहेका छन । प्रचार प्रसारको कमिले घुम्टोभित्र लुकेका दुलही जस्तै छन् । सामान्य पर्यटकिय सेवा सुबिधा को अभाव र अन्य थुपै कारण ले गर्दा धेरैजसो गन्तव्य ओझेलमा नै रहेका छन ।

नेपालका ठुला हिमाल मध्यको गांगचेंन मेरी रालवा , काञ्जिरुवा हिमाल(उतर दक्षिण ,पूर्व ), डाफे हिमाल , सिज़्ज़ु हिमाल , टाँगटुङ्गे हिमाल, आम डोल्मा हिमाल समेत डोल्पामा पर्दछ ।

जग्दुल्ला गाउँपालिका माँझ गाउँ बाट लगभग ४० किलोमिटर हिडे पछि जग्दुल्ला ताल र प्रेम ताल पुग्न सकिन्छ र जग्दुल्ला गाउँपालिकामा पर्ने ६ हजार मिटर भन्दा अग्ला आधा दर्जन हिमालले घेरिएको गोलो आकारको जगदुल्ला ताल र राक्षस दह (प्रेम ताल) हाल तिर्थस्थलका रुपमा मात्रै चिनिने गरेको पाइन्छ । प्रेम ताल जुन हेर्दा पान आकारको देखिने भएकोले यसलाई प्रेम ताल भनेर नामकरण गरिएको हो ।

हरेक कुरा को सुरुवाति चरण निकै नै गार्हो , कष्टकर ,र चुनौतिपुर्ण हुन्छ पहिलो पट्क त्यस ठाउँमा पुग्नु बाटो खोज्नु भिडियो खिच्नु फोटो खिच्नु लगायत का अनेक समस्या को सामाना गर्नु पर्यो तर यात्रा सुरु गर्नु अगाबै यि सबै कुरा हामि भोग्न हामि तयार थियौं । निकै ठुलो चुनौतिका बिचमा पनि हामिले राम्रो प्रचार गर्न सफल हुन पुगियो ।

यो भन्दा अगाडि पनि त्यस ताल को प्रचार गर्न म आँफै रामचन्द्र बस्नेत (भाष्कर) साईकल लिएर पुगेको थिए । हामिले हाम्रो तर्फबाट डोल्पा जिल्ला मात्र नभएर कर्णालि चिनाउन सक्दो प्रयास गरिरहेका छौँ । तर, यात्रा गर्नको लागि हौसला दिने साथ सहयोग गर्ने यात्रा मा आवश्यक पर्ने समान हरु जुटाउने यातायात देखि लिएर एउटा यात्री लाई चाहिने आधारभूत आवश्यकतामा कुनै तवरबाट आवश्यक साथ सहयोग नदिएको महसुश हुन्छ्। तर, यात्रा निरन्तर बढ्ने छ रोकिने छैन । तपाई हरुको साथ सहयोग र माया यस्तै रहिरहोस । आज को दिन सम्म साथ सहयोग माया र हौसला प्रदान गर्नु हुने तपाई हरु सबैलाई धेरै धेरै धन्यवाद ।

 

 

 

प्रतिक्रिया