दैलेखमा समानुपातिकतर्फ एमाले पहिलो

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः सोमवार, मंसिर १२, २०७९     ::: 156 पटक पढिएको   |  

दैलेख : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दैलेखमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो भएको छ।प्रत्यक्ष निर्वाचनमा हार व्यहोरे पनि एमालेले समानुपातिकतर्फ भने आफ्नो जनमत कायम राख्न सफल भएको हो। सत्ता गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक लाख ५८ हजार ९ सय ५८ मतदाता थिए। दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ ९२ हजार १०२ मत खसेकामा एमालेले सबैभन्दा बढी ३३ हजार ६३० मत प्राप्त गरेको छ।

प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको निर्वाचनको मत गणना अनुसार नेपाली कांग्रेसले ३१ हजार ३ सय ४१ मत पाएको छ। यस्तै नेकपा माओवादी केन्द्रले आठ हजार ९ सय ९९ मत पाएको छ।

चार हजार ४ सय ४२ मतसहित नेपाल मजदुर किसान पाटी चौथो स्थानमा छ। नेकपा (एकीकृत समाजवादी)ले चार हजार दुई सय ४१ मत पाएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ७८ हजार २ सय ८२ मतदाता रहेकोमा ४४ हजार ३ सय ३१ मत खसेको थियो। ४२ हजार १ सय १९ मत सदर हुँदा दुई हजार २ सय १२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यो क्षेत्रमा एमालेले १६ हजार ३ सय १३, कांग्रेसले  १५ हजार ८ सय ३७, नेकपा माओवादी केन्द्रले २ हजार ६ सय ४५, राप्रपाले १ हजार ८ सय ५४, नेपाल मजदुर किसान पाटीले ६ सय ४४, एकीकृत समाजवादी ३ हजार १ सय ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ सय ८७ मत पाएका छन्।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कुल ८० हजार ६ सय ७६ मतदातामध्ये ४७ हजार ७ सय ७१ मत खसेको थियो। ४६ हजार ७९ मत सदर हुँदा १ हजार ६ सय ९२ मत बदर भएको थियो।  यो क्षेत्रमा एमालेले १७ हजार ३ सय १७, कांग्रेसले १५ हजार ५ सय ४, माओवादी केन्द्रले ६ हजार ३ सय ५४, राप्रपाले ५१८, नेपाल मजदुर किसान पाटीले ३ हजार ८९८, एकीकृत समाजवादीले १ हजार ७५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ९०५ मत पाएको छ।



Leave a comment

Your email address will not be published.


*