ठाटीकाँधमा तीन दिने सहकारी व्यवस्थापन तालिम संचालन

ठाटीकाँधमा तीन दिने सहकारी व्यवस्थापन तालिम संचालन

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिकामा तीन दिने दिने सहकारी व्यवस्थापन तालिम आजदेखि संचालन भएको छ । ए.इ.आइ.एन लक्जेम्वर्ग र ठाटीकाँध गाउँपालिकाको साभेदारीमा सामाजिक सेवा केन्द्र(सोसेक)द्धारा ठाटीकाँधमा संचालित सहकार्य परीयोजनाद्धारा तीन दिने तालिम संचालन भएको हो ।

ठाटीकाँध गाउँपालिकाभित्र सहकारीमा कार्यरत रहेका कर्मचारीहरु तालिममा सहभागि छन् । तालिममा सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धिका लागि संचालन गरिएको सहकार्य परीयोजना सामाजिक परिचालक मनसरा बिष्टले बताइन् । उनका अनुसार तीन दिनसम्म संचालन संचालन हुने कार्यक्रममा पालिकाभित्र रहेका ७ वटा सहकारीबाट ११ पुरुष ८ जना महिलाको सहभागिता रहेको छ ।

प्रतिक्रिया