मेयर शाहको ओलीलाई जवाफ : ‘सुकुम्वासी तपाईंलाई भोट बैंकमात्रै रहे’

मेयर शाहको ओलीलाई जवाफ :  ‘सुकुम्वासी तपाईंलाई भोट बैंकमात्रै रहे’

काठमाण्डौ :  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्षलाई प्रतिप्रश्न गर्नुभएको छ । आज मङ्गलवार एक कार्यक्रममा ओलीले बाग्मती किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति टिप्पणी गर्नुभएको थियो । त्यही टिप्पणीबारे शाहले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गरेका हुन् ।

मेयर शाहले फेसबुकमा लेखेका छन्, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंकमात्रै रहे । बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुरामा प्रयोग गर्नुभयो ।

मेयर शाहले जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए आफ्नो नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो रु हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो रु भनेर ओलीलाई प्रश्न पनि गर्नुभएको छ । अब परिस्थिति फेरिएको बताउँदै उहाँले ओलीलाई सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया