राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको अध्यक्षमा बिष्ट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको अध्यक्षमा बिष्ट

दैलेख : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति दैलेखको अध्यक्षमा यामराज बिष्ट चयन भएका छन् ।आइतबार दैलेख सदरमुकाममा सम्पन्न प्रतिष्ठानको तेस्रो जिल्ला अधिवेशनबाट बिष्ट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा हेमराज अधिकारी, द्धितिय उपाध्यक्षमा कृष्ण कमल अधिकारी, महिला उपाध्यक्ष रेखा थापा,सचिवमा कृष्ण बहादुर सुनार, सह-सचिब हेमेन्द्र बिश्वकर्मा , कोषाध्यक्ष खगेन्द्र खड्का चयन भएका छन । यस्तै कार्यसमिति सदस्यहरुमा रमा बस्नेत, ध्वज बहादुर बुढा, प्रसान्त खड्का, यामराज सुनार ,कुस्मा थापा, खगेन्द्र गौतम र पुष्कर खड्का रहेका छन् ।

प्रतिक्रिया