कर्णालीमा काँग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

कर्णालीमा काँग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

सुर्खेत : कर्णालीमा नेपाली काँग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत भएका छन् । वर्तमान मुख्यमन्त्री समेत रहेका शाही पुःन संसदीय दलको नेतामा चयन भएका हुन् । २०७४ को निर्वाचनपछि शाही नै काँग्रेसको संसदीय दलको नेतामा बनेका थिए । त्यसबेला शाही कर्णालीमा कांग्रेसका एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् थिए ।

यसपाली उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजिवबिक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका हुन् । संसदीय दलको नेता दाबी गरिरहेका उनै शाह जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन् । संसदीय दलको नेतामा सर्वसम्मत भएका शाही नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन् । शाही हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सात हजार ५६ मतसहित निर्वाचित भएका हुन् ।

प्रतिक्रिया