वैदेशिक रोजगारीमा गएकी महिलाको ओमनमा सवारी दुर्घटनामा मृत्यू

वैदेशिक रोजगारीमा गएकी महिलाको ओमनमा सवारी दुर्घटनामा मृत्यू

दैलेख  : वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी दैलेखकी एक महिलाको सवारी दुर्घटनामा मृत्यू भएको छ । नारायण नगरपालिका वडा नं. ७ किमुगाउँकी २७ वर्षीया शान्ति मल्लको ज्यान गएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

हाल दुबईको रसअल खैमाहमा रहनु भएका मृतकका मामा हर्कबहादुर चन्दले मार्केटिङ्गको काम सकेर सडक पार गर्दा ओमनको मस्कट अमर भन्ने ठाउँमा कारको ठक्करबाट सोमवार दिउँसो शान्तिको मृत्यू भएको बताए ।

श्रीमान् झलकबहादुर शाहीले दोश्रो विवाह गरेपछि चार वर्षदेखि माइतीको संरक्षणमा बस्दै आएकोमा दुई महिना अघि मात्र शान्ति मल्ल वैदेशिक रोजगारीको सिलसिलामा पुगेकी थिइन् । उनका ९ वर्षको छोरी र ६ वर्षको छोरा छन् ।

प्रतिक्रिया