श्रीमती हत्याका कसूरदारलाई जन्मकैद

श्रीमती हत्याका कसूरदारलाई जन्मकैद

दैलेख : श्रीमती हत्याका कसूरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर बिकलाई जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिए । घरायसी सम्वन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका–६ लटालीस्थित माइतीमार बस्तै आएकी २१ वषीया सुनिता बिक गोठाला गएको मौका पारी ०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जंगलमा हत्या गरेको कसूरमा मुद्दा चलेको थियो ।

करिब २ घण्टा गाडीको यात्राबाट त्यहाँ पुगिने माइतीगाउँ लटालीमा पुग्दासम्म कसैसंग नदेखिएर सुनिता गोठाला गएका मौकामा बाँधे जंगलमा पुगेर पहिले यौन सहवासपछि हत्या भएको भन्ने प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

मोवाइल नबोकी चलाखीपूर्ण तरिकारले गएको, घटना भएको दिन हतास मानसिकतामा दिउँसो गुराँसे तर्फ जाने बेला हर्कत देखेका स्थानीयको भनाई र त्यही दिन तल्लो डुंगेश्वरबाट जीपमा कालिकोट पुग्नुलाई मुख्य प्रमाण मानिएको छ ।

कसूरदारले अस्वीकारले अस्वीकार गरे पनि प्रहरीको प्रभावकारी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले अदालतमा दर्ता गराएको अभियोगमा समेटिएका तथ्यले कसूर स्थापित भएको सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलको भनाई छ ।

उनीबीचको असमझदारी, हत्याको बेला यौन सहवासपछि शरीरका विभिन्न ठाउँमा लागेका चोट, सुनिताकै सलले घाँटी थिची हत्या भएको घटना परिवेशलाई सुनिताको हत्या आफूबाट भएको प्रहरीको अनुसन्धानले दावी गरेको छ ।

प्रहरी र अदालतमा समेत इन्कार गरे पनि प्रहरी अनुसन्धान, घटना भएको दिन देखिएको साँक्षीको भनाई र त्यही दिन तल्लो डुंगेश्वरबाट जीपमा कालिकोट पुग्नुलाई अदालतले सुनिताको हत्या प्रेमबहादुर बिकले नै गरेको अदालतले ठहर्छ फैसलामा भनिएको छ ।

‘नियतवस ज्यान मारेको कारण मुलुकी अपराध सहिंताको दफा १७७ को उपदफा २ बमोजिम जन्मकैद अर्थात २५ वर्ष कैद हुने र वैवाहिक बलात्कार ठहर गर्दै सोही ऐनको दफा २१९ अनुसार थप तीन वर्ष कैद हुने ठहर्छ’ जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट भएको फैसलामा उल्लेख छ ।
२०७६ फागुनमा विवाह गरेका सुनिता र प्रेमबहादुरबीच तीन महिनामा सम्वन्ध बिग्रिएपछि माइतीमा बस्तै आएकी, बेलाबेला माइतीमा आएर गर्ने व्यवहार, उत्तेजक टेलिफोन सम्वाद लगायतका घटना क्रमलाई जनाउदै सुनिताका माइतीपक्षले प्रेमबहादुर बिक माथि नै शंका रहेको भन्दै हत्या आरोपमा कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

घटनाको अपरान्ह एउटा प्राइवेट जीपका चालकसंग करिव एक सय किलोमीटर कालिकोटको जिल्ला सदरमुकाम मान्म गएका भनिएका प्रेमबहादुरलाई प्रहरीले कात्तिक १८ गते मान्मबाट पक्राउ गरेको थियो ।

मृतकको शव परीक्षण कात्तिक १९ गते दैलेख अस्पतालमा भयो । प्रहरीले घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत ०७७ पुस १४ गते दैलेख जिल्ला अदालतमा हत्या र बलात्कार मुद्दा पेश भएकै दिन भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुर्पक्षका लागि कारागार थुनामा पठाएको थियो ।

घटनास्थल पुगेर अनुसन्धानलाई प्रभावकारी बनाउनुभएका एसपी अनुपम श्रेष्ठ (तत्कालिन दैलेखका प्रहरी प्रमुख डीएसपी) र घटनाको अभियोजन गर्नुभएका तत्कालिन जिल्ला सरकारी वकील कार्यालय दैलेखका प्रमुख अहिले मनाङ्गमा सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले पीडितले न्याय पाएको सुन्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया