आहा ! सुन्दर गाउँ घर (फोटो फिचर )

आहा ! सुन्दर गाउँ घर (फोटो फिचर )

सुर्खेत :  वरिपरि हुर्किदै गरेको गहुँ, गहुँसँगै हुर्किदै गरेको पहेँलो तोरीले सबैलाई मनमोहक बनाउँछ । त्यहाँ पुगेर तस्बीर खिचौँ खिचौँ लाग्छ । सबैलाई लोभ्याउछ । गहुँ र पहेँलै तोरीबारीको बिचैमा भएका सुन्दर घरहरुले झनै आर्कषण थपिरहेका हुन्छन् ।

सबैलाई लोभ्याइरहेका हुन्छन् । नजिक तान्छन् र सधै यहिँ बसौँ बसौँ लाग्ने मनमोहक छ ती दृश्यहरु । त्यस्तै छन् दैलेखका पाखा पखेराहरु । घाँस काट्ने घँसेरीहरु, साझपखको लागि साग टिप्नेहरुको लस्करले झनै मनमोहक बढाइदिन्छ ।

तस्बीर १ : मा ठाटीकाँध गाउँपालिका ४ गैरागाउँ स्थित वरिपरि बारीहरु र बिचमा पथ्थरले छाएका घरहरु /तस्बीर विशाल सुनार 

उकाली ओराली हिड्दा होस वा देउराली भञ्ज्याङ्गमा पिठ्युँको भारी बिसाउदा होस । गहुँ र गहुँसँगै साइनो गाँसेका बारीहरुले भारी बोक्ने भरियाको थकान मेटाइदिन्छन् । नयाँ नयाँ उर्जा थपिदिन्छन् । प्रेममा बिछोड भएकाहरुको अतित सम्झाइदिन्छ । प्र्रेममा परेका प्रेमिल जोडिहरु घण्टौँ हेरेर आफ्ना बर्तमान देखि भविष्यसम्मका योजना बुन्न तम्सिन्छन् । यिनै दृश्य देखेर कविले कविता, गायकले गीत, गजलकारले गजलका शब्दबाट आफ्ना सिर्जजनाहरु फुलाउछन् । त्यस्तै तस्बीरहरु छन् दैलेखको ठाटीकाँध गाउँपालिका ४ गैरागाउँ स्थित सुन्दर गाउँहरु र पथ्थरले छाएका घरहरु । जो इतिहास हुन् । यहाँको पहिचान हुन् ।

दैलेखको महाबु गाउँपालिका -४ स्थित काप्रिखोला मा अवस्थित मगर बस्ति  । तस्बीर बिशाल सुनार 

ठाटीकाँध गाउँपालिका -२ टोम्टाल्ला स्थित टिनको पाताले छाएको गाउँ र वरिपरि गहुँ र तोरी बारीले यो ठाउँ साििच्चकै मनमोहक देखिन्छ । पहिले पहिले सबैजसो घरहरु पथ्थरले छाउने गरेपनि प्रविधिको विकाससँगै टिनको पाताले घर छाउने चलन बढ्दै गएको पाइन्छ । तस्बीर जितेन्द्र थापा

ठाटीकाँध गाउँपालिका २ टोम्टाल्ला स्थित बिरिया गाउँ

दैलेखको ठाटीकाँध गाउँपालिका -१ भोटस्थित साग टिप्दै स्थानीय चिना वि.क तस्बीर जितेन्द्र थापा

प्रतिक्रिया