मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ : हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया