रुकुम पूर्वका उच्च लेकाली सेताम्मे

रुकुम पूर्वका उच्च लेकाली सेताम्मे

अधिकांश ठाउँमा हिमपात तथा वर्षा

रुकुमपश्चिम : मङ्गलबार दिउँसो देखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा हिमपात तथा वर्षा भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाका लेकाली भेगमा तथा उच्च भू–भागमा हिमपात भइरहेको हो ।

यस वर्ष हिउँदे वर्षात यो पहिलो पटक हो । हिमपात तथा वर्षाका कारण जनजीवन कष्टकर बनेको भूमे गाउँपालिका–२ गाबाङका जुनकुमार रोका मगरले बताए । हिमपात तथा वर्षाले गाईबस्तुहरूलाई पनि समस्या भएको छ । वर्षा र हिमपातसँगै चिसोले बाहिर निस्कन समस्या भएको छ । लेकाली बस्तीहरूमा बाक्लो हिउँ जम्न सुरु भएको रोका मगरले जानकारी दिए ।

वर्षा र हिमपातले चिसो बढेपनि किसान भने खुसी भएका छन् । हिउँदे बाली लगाए देखि पानी नपरेको आकाशे पानीको भरमा रहेका किसानलाई सिंचाइको राहत मिलेको कृषकले बताएका छन् । अहिले कृषकको बारीमा गहुँ, जौ र तरकारी बाली हुर्कि रहेको छ ।-कखरा

प्रतिक्रिया