पूर्वी जेरुसेलममा गोलाबारी

पूर्वी जेरुसेलममा गोलाबारी

जेरुसेलम :  पूर्वी जेरुसेलमको एक सिनेगोग (यहूदीहरूको प्रार्थनास्थल) मा भएको गोलाबारीमा सात जनाको मृत्यु भएको छ । पछिल्ला केही वर्षयताको यो सबैभन्दा ठूलो घटना हो । घटनामा कम्तीमा तीन जना घाइते भएका छन् ।

घटना स्थानीय समय अनुसार बेलुका ८ः१५ बजे सहरको नेभ याकोभ क्षेत्रमा भएको हो। आक्रमणकारीलाई ‘आतङ्कवादी’ भन्दै प्रहरीले उनको पनि मृत्यु भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी पूर्वी जेरुसेलमका प्यालेस्टाइनी भएको बताएका छन् ।

इजरायली पुलिस कमिश्नर कोबी शाबताईले यसलाई हालका वर्षहरूमा सबैभन्दा खराब आक्रमणहरू मध्ये एकु भएको बताए । इजरायलका यहूदीहरू यहूदी शब्बाथको अवसरमा पूर्वी जेरुसेलमको यहूदी बस्तीमा रहेको एउटा सभा घरमा प्रार्थना गर्न भेला भएको बताइएको छ।

यहुदीहरूले जर्मनीमा नाजी शासनकालमा हलोकास्टमा मारिएका करिब ६० लाख यहूदी र अन्य पीडितहरूको सम्झनामा होलोकास्ट मेमोरियल डेु मनाउँछन् । मानिसहरू सभा घरमा मारिएकाहरूलाई सम्झन आएका थिए । त्यहाँ जम्मा भएका मानिसहरु बाहिरिने क्रममा आक्रमणकारीले गोली प्रहार गरेका थिए । आक्रमणपछि अधिकारीहरूले आक्रमणकारीलाई गोली हानेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया