क्यानद्वारा लामिछानेमाथिको निलम्बन फुकुवा

क्यानद्वारा लामिछानेमाथिको निलम्बन फुकुवा

काठमाडौं :  नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिनअघिमात्र धरौटीमा रिहा भएका थिए । क्यानले सन्दीपलाई गत भदौ २३ मा निलम्बन गरेको थियो ।

प्रतिक्रिया