आफ्नै ‘गान र लोगो’बनाउदैँ तातोपानी

आफ्नै ‘गान र लोगो’बनाउदैँ तातोपानी

जुम्ला :  जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नौ पालिका ‘गान र लोगो’ बनाउने भएको छ । पर्यटकिय क्षेत्रको प्रर्बद्धन,पालिको आफ्नो छुट्टै पहिचान झल्कीने उद्देश्यका साथ आफ्नै पालिका ‘गान र लोगो’ बनाउन लागेको हो ।

तातोपानी गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी पालिका गान र लोगो बनाउन लागिएको तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

उनले भने,“लोगो र गान बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी भएको छ । पालिकाको प्राकृति,सांस्कृतिक र ऐतिहासिक महत्व झल्काउने गरी लोगो र ४० देखि ६० शब्दमा पालिका गान बनाउनु पर्ने छ । पालिकाको पत्रमा राष्ट्यि निसान छाप एकातिर र अर्कोतिर पालिकाको आफ्नै लोगो राखिने छ ।”

गाउँपालिकाका विभिन्न कार्यक्रमम राष्ट्यि गान पश्चात पालिका गान बजाईने छ । खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न ११ सर्तको अधिनमा रही दरखास्त दिन सूचना जारी गरिएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले बताए ।

उनका अनुसार छनोट भएको उत्कृष्ट लोगो डिजाईनकर्तालाई नगद ३० हजार सहित प्रमाण पत्र र उत्कृष्ट पालिका गान रचनाकारलाई नगद २० हजारसहित कदरपत्र वितरण गरिने छ । भने लोगोमा प्रयोग भएका संकेतहरुको बारेमा डिजाईनरकर्ताले संक्षिप्त व्याख्या समेत गर्नुपर्ने सर्त तोकिएको छ ।

जुम्लाका आठ पालिकामध्य आफ्नै पालिका गान र लोगो बनाउने तातोपानी पहिलो पालिका बनेको छ । पालिकाको पर्यटन प्रर्बद्धन तथा ऐतिहासिकता जोगाउन आफ्नै लोगो र गान कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया