मुसिकोटमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

मुसिकोटमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ को छिवाङ जिउलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ को सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्ली तर्फ जाँदै गरेको ना ६ ट ७७१३ नम्बरको ट्याक्टर गयराति साढे ९ बजेतिर दुर्घटना हुँदा सह–चालक जाजरकोट भेरी नगरपालिका १ का ३५ वर्षिय हरिबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार दुर्घटनामा परि गम्भिर घाइते भएका बिकको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा राति साढे ११ बजेतिर मृत्यु भएको हो । ट्याक्टर चालक मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीका २२ वर्षिय मनबहादुर बिक भने गम्भिर घाइते भएको बताए ।

घाइते बिकलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार ट्रली बिनाको ट्याक्टर सिम्ली तर्फ लैजादै गर्दा दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेको छ । अनियन्त्रित भएर ट्याक्टर पल्टिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया