गुराँसमा पनि मनाईयो : अन्तर्राष्ट्रिय महिला दिवस

        निर्मल अधिकारी   |   प्रकाशित मितिः बुधबार, फाल्गुन २४, २०७९     ::: 782 पटक पढिएको   |  


गुराँसे  : “लैगिक समानताको बलियो आधार ” सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नारा सहित गुराँस गाउँपालिकाका विभिन्न वडाहरुमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ । नारिमुक्ति आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले सन १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रमशोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको छ ।


विगत लामो समय देखि महिला माथि हुदै गरेका विभेद र हिँसा विरुद्ध लडन् महिलाहरु सक्षम भएको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गुराँस गाउपालिकाले वडा नं ४ मा आयोजना गरेको वक्तृत्वकला तथा एकल गायन प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष शिवा खड्काले बताईन् । उनले थपिन् महिला माथी समाजमा गरिने विभेद र हिँसाहरु त्यसै अन्त्य भएका होइन्न । नारीवादी आन्दोलनमा सक्रियता देखाउदै महिला अधिकारका लागि आफनो जिवन अर्पण गर्ने महान महिलाहरुको योगदानका कारण आज विश्वभरका लाखौ महिलाहरुले मुक्ति पाएका छन् ।

स्थानीय तहको नयाँ पुन संरचनासँगै न्यायसम्पादन गर्ने निकायमा एक जना महिलाको नेतृत्व हुने भएकाले पनि महिला हक अधिकारलाई सुनिश्चित गरिएको उपाध्यक्ष खड्काको भनाई थियो । घर परिवार र समाजमा महिला माथि हुने सबै प्रकाका हिँसाहरुको निवारण, पिडितलाई राहत तथा पुनस्र्थापनामा न्यायीक समितिबाट सहयोग गरिने उनले बताईन ।


महिलाले राष्ट्रको विकासमा गरेको योगदानको उल्लेख गर्दै उनले भनिन् यस्ता दिवसिय कार्यक्रममा गाउँ टालवस्तिका महिलालाई अनिवार्य सहभागि गराउनुपर्छ । उनले थपिन्, उच्च शिक्षा अध्ययन गर्न चाहने महिलाहरुकोलागि पालिकामा शैक्षिक कोषको व्यवस्था गरिएको छ । त्यस्ता महिलाहरुले आफ्नो शिक्षालाई निरन्तरता दिनको लागी उक्त सुविधा प्राप्त गर्न सक्छन् । त्यसैगरी पालिकामा लैगिक कोषको व्यवस्था गरिएको हुनाले हिसाँमा परेका महिलाहरुले उक्त कोषबाट सहयोग प्राप्त गर्न सक्छन् । महिलाहरुको क्षमता विकाका लागि पालिकाले बजेट विनियोजन गरेको उपाक्ष खड्काको भनाई थियो ।

अहिले गाउँमा महिला सञ्जालहरु सक्रिय नभएका कारण महिलाका हक अधिकारका सवालहरु गाउँ गाउँ सम्म पु¥याउन कठिनाई भएको बताउदै उनले भनिन् महिला सञ्जालहरुलाई सक्रिय बनाउने हो भने महिल हक अधिकारका लागि धेरै कामहरु गर्न सहज हुनेछ ।

नारि दिवस मनाउनुको औचित्य हामीलाई जानकारी भयो भने महिला हक अधिकारका सवालमा काम गर्न सहज हुने गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सि.ले बताए । उनले थपे, तिज विशेष कार्यक्रम मनाउदा हामी महिनौ दिन सम्म तयारी गर्छाै । अन्तर्राष्ट्रिय महिला दिवस जुन महिला अधिकार, महिलालाई समान ज्याला, समान सहभागिताको अधिकारका बारेमा कुरा गर्छ यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराखिनु हाम्रो कमोजरी भएको बताउदै के.सिले भने महिलाहरुको क्षमता विकास गर्ने कार्यक्रमहरुमा महिला सहभागिता उल्लेख्य संख्यामा गराउनु पर्छ जसले गर्दा महिला अधिकारको बारेमा सबैले बुझने अवसर प्राप्त गर्दछन् ।

शहरबाट मात्रै नभएर परिवर्तन गाउँ गाउँबाट हुन आवश्यक भएको बताउदै के.सि.ले भने परिवर्तन चुलो चौकाबाटै शुरुवात गर्नुपर्छ किन भने महिला माथी हुने विभेदहरु घरबाटै शुरुवात हुन्छन् । महिलाहरुको हक र अधिकारका विषयमा कसैले पनि राजनीति नगर्न के.सि.ले आग्रह गरे । उच्च पदस्थ पदमा एक दुई जना महिलाहरु पुग्दैमा आमा महिलाहरुले भोगिरहेका हिँसा र विभेदहरुको अन्त्य नहुने भन्दै के.सि.ले भने हाम्रा सामाजिक संरचनाहरुमा परिवर्तन गर्न आवश्यक छ जस्ले आम महिलाहरुको जिवस्तर उठाउन बाधा गरिरहेका छन् ।

राज्यका प्रत्येक संरचनामा महिला सहभागिता सुनिश्चित गराउनु तथा महिलामाथि हुने सबै प्रकारका हत्या, हिँसा र असमानताको अन्त्य गर्नुपर्ने वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जेनिशा मल्लले बताईन् । उनले थपिन् अधिकार लिन होइन् दिन जान्न् पर्छ । अन्तर्राष्ट्रिय महिला दिवस विगत लामो समय देखि मनाउदै आए पनि महिला माथि हुने हिँसा, दुव्र्यवहार, बलात्कार र हत्या जस्ता घटनाहरुमा कमी नआएकाले सम्बन्धित निकाय जिम्मेवार बन्न उनले आग्रह गरिन् ।

प्रतियोगितामा द्धितिय देवीसरा मल्ल, तृतीय दिपा मल्ल र सान्त्वना हेमा कुमाल भएका थिए भने एकल गाएन प्रतियोगितामा प्रथम सुनिता सोनी, द्धितिय दिपिका मल्ल, तृतिय खगिसरा मल्ल र सान्त्वनामा कल्पना खड्का छनौट भएका थिए । प्रतियोगितामा स्थान हासिल गर्ने सबै सहभागीलाई पुरुषकार वितरण गरिएको थियो ।



Leave a comment

Your email address will not be published.


*