अन्तर्राष्ट्रिय नारी दिवस : ठाटीकाँधमा देउडा प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवस : ठाटीकाँधमा देउडा प्रतियोगिता सम्पन्न

ठाटीकाँध :  आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस । देशभर विभिन्न कार्यक्रम गरि नारी दिवस मनाइएको छ । सोही अवसरमा दैलेखको ठाटीकाँध गाउँपालिकामा पनि नारी दिवस मनाइएको छ ।

ठाटीकाँध गाउँपालिकाको आयोजनामा ठाटीकाँध बजारमा र सोसेक नेपालद्धारा संचालित सहकार्य परियोजनाको आयोजनामा बाहाकोटमा दिवस मनाइएको हो ।

ठाटीकाँध गाउँपालिकाको ठाटीकाँध बजारमा ठाटीकाँध गाउँपालिकाको आयोजना र भवानी मा.वि. बाहाकोट मा सोसेक नेपालको आयोजनामा देउडा प्रतियोगिता सम्पन्न भएको छ । बाहाकोटमा भएको प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए भने ठाटीकाँधमा ११ वटा समूहको सहभागिता रहेको थियो ।

भवानी मा.वि. मा भएको प्रतियोगितामा क्रमसः सगरमाथा आमा समूह प्रथम कर सहित तीनहजार पाँचसय ,भवानी बाल क्लब द्धितिय कर सहित दुइहजार पाँचसय , सिर्जनशिल आमा समूह तृतिय कर सहित  एकहजार पाँचसय , देवती बाल क्लब सान्त्वना भएको थियो । कर सहित एकहजार पुरस्कार पाएका थिए ।

त्यस्तै ठाटीकाँध बजारमा भएको कार्यक्रममा तिनधारा आमा समूह ठाटीकाँध ६ प्रथम पुरस्कार ७ हजार पाँचसय, चेतना परिबर्तन आमा समूह ठाटीकाँध ६ प्रथम पुरस्कार ६ हजार, जनचेतना आमा समूह ठाटीकाँध ६ प्रथम पुरस्कार चारहजार, सगरमाथा आमा समूह ठाटीकाँध ६ प्रथम पुरस्कार तीनहजार, देउडामा महिला अधिकार , प्रजनन स्वास्थ्यका विषयमा गीतहरु प्रस्तुत भएका थिय ।

 

प्रतिक्रिया