प्रदेश अस्पताललाई सुविधासम्पन्न बनाइँदै

          |   प्रकाशित मितिः बिहिबार, चैत्र २, २०७९     ::: 28 पटक पढिएको   |  

सुर्खेत – कर्णाली प्रदेश अस्पताललाई थप सुविधासम्पन्न बनाउन लागिएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको छ । तला थप गर्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट र आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको निर्देशक डा. खड्काले बताउनुभयो ।

भौतिक पूर्वाधार विकाससँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिने निर्देशक खड्काको दाबी छ । अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासका काम पनि धमाधम अघि बढाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ । अस्पतालले अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइन सर्जरी सेवा पनि थप गरेको छ। अक्सिजन प्लान्ट तथा पाइपलाइन जडान सञ्चालनसमेत गर्दै आएको छ ।

अस्पतालमा आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा रिफर गर्न नपर्ने गरी सुविधा विस्तार गर्न लागिएको जनाइएको छ। हालै मात्र अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ।

अस्पतालमा हाल दैनिक औसत ५२५ जना बिरामीले सेवा लिन्छन्। एमएसएस ९मिनिमम सर्भिस स्ट्यान्डर्डस्० स्कोरमा अस्पताल नेपालका सरकारी अस्पतालमध्ये पहिलो नम्बरमा परेको छ। पछिल्लो सर्वेक्षणबाट यो अस्पतालले ७९ स्कोर पाएको छ।



Leave a comment

Your email address will not be published.


*