न्यून आयश्रोत भएको घरधुरीलाई निःशुल्क जस्तापाता सहयोग

न्यून आयश्रोत भएको घरधुरीलाई निःशुल्क जस्तापाता सहयोग

सिमकोट – माटोले घरको छाना छाएका न्यून आयश्रोत भएको घरधुरीलाई निःशुल्क रुपमा जस्तापाता सहयोग गरिएको छ । सुरक्षित नागरिक आवस कार्यक्रम अन्र्तगत लक्षित वर्गका घरधुरीलाई जस्तापाता अनुुदानमा प्रदान गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँका पञ्चरत्न शाहीले अनुदानमा पाएको जस्तापाताले घरको छाना छाएको बताउनुभयो । यसअघि शाहीको घरको छाना माटो र काठले छाएको थियो । जस्तापाताले घरको छानो छाएपछि बर्खायाममा पानी चुहिने समस्या र हिउदमा हिउ फाल्ने कार्यबाट छुटकारा मिलेको छ । सेवाग्राहीलाई समस्याबाट छुटकारा पाउनुुका साथै सुरक्षित घरमा बस्न समेत पाएका छन्। उक्त गाउँबाट शाही छनौट हुनुभएको थियो । केही घरधुरीले भने खर र काठले समेत छाएका थिए । जस्तापाता पाएपछि ती छाना हटाउने कार्य सुुरु भएको छ ।

उक्त वडाका अध्यक्ष भरतजङ्ग शाहीले सङ्घीय सरकार अन्र्तगतको सघन सहरी बिकास कार्यक्रमको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिकाका पाँच वटै वडाका ७२ घरधुरीलाई जस्तापाता निशुल्क उपलब्ध गराईएको बताउनुभयो । प्रतिघरधुरी सत्र वटा जस्तापाता प्रदान गरिएको छ । यसका लागि एक हजार ३८१ वटा जस्तापाता प्रदान गरिएको छ ।

उहाँले सुरक्षित नागरिक आवास कार्यक्रमले तीन वर्ष लगाएर यी जस्तापाता बितरण गरिएको र अन्तिम बितरण कार्य यतिबेला भएको बताउनुभयो । जस्तापाता पाएका घरधुरी मध्य पैसट्टी प्रतिशत घरधुरीले माटोको छाना हटाएर जस्ता छाएको र बाँकीले समेत छाउने कार्य गरि रहेका छन् । जस्तापाता अनुदानमा पाएपनि अन्य काम भने घरधनी आफैले गरि गर्दै आएका छन् । लक्षित वर्गका नागरिकले सुरक्षित आवासमा बस्न पाउने कार्यको थालनी भएको होे ।

प्रतिक्रिया