गल्फागाड–कालागाड सडक कालोपत्रे एडिबीले गर्ने

गल्फागाड–कालागाड सडक कालोपत्रे एडिबीले गर्ने

सिमकोट –  विश्व बैंक (एडिबी) ले ग्रामीण पहुँच कार्यक्रम (¥याव)ले निर्माण गरेको अदानचुली गाउँपालिका अन्तरगतको गल्फागाड–कालागाड सडक कालो पत्रे गर्ने प्रस्ताव गाउँपालिकालाई गरेको छ ।

गाउँपालकाका अध्यक्षसहितका जनप्रतिनिधि सम्मीलित अनुगमन टोलीसहित उक्त सडकको स्थलग अनुगमनमा हुम्ला पुगेका विश्व बैकंका ईन्जीनियरले उक्त प्रस्ताव गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो ।

‘गल्फागाडको साँघुढुंगादेखि कालागाडसम्मको सडक अनुगमन पश्चात आयोजित सामुहिक बैठकमा बैंकले (विश्वबैंक) उक्त सडकलाई कालोपत्रे गर्ने पताव गरेको छ’, अध्यक्ष सिंहले भन्नुभयो ‘उक्त खण्डको स्थलगत अनुगमन पश्चात पालिकाका जनप्रतिनिधि, प्राविधिक, स्थानीय नागरिकहरुको बैठकमा गरिएको प्रस्तावलाई हामीले सकरात्मक रुपमा लिएका छौं । सायद काम अघि बढ्छ होला ।’

एडिबीकै आर्थिक सहयोगमा ¥याव २ मार्फत अदानचुलीमा १४ किलो मिटर २ सय मिटर सडक निर्माण गरिएको थियो । अदानचुली गाउँपालिकाको लाइफलाइनका रुपमा रहेको उक्त सडकलाई आगामी डेढ वर्षमा कालोपत्रे गर्दै पालिकाका अन्य काममा सहजिकरण गर्ने प्रस्ताव आएको अध्यक्ष सिंहले बताए । जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा सञ्जयसहितको पालिका अध्यक्ष सिंहको टोलीमा एडिबीका इन्जीनियर भुवनेश त्रिपाठी हुम्ला पुगेका छन् ।

सडक चौडा गर्दै कालो पत्रे गर्ने काममा कसैको घरजग्गा गएको विषयमा विवाद सृजना भए बैङकले काम शुरु नगर्ने पुर्व चेतावनी त्रिपाठीले दिएका छन् । ‘नाली सहित ८ मिटर चौडाईको तयारीका लागी सडक तल माथिका घर टहरा उठाउन पालिकाले आफै जिम्मेवार हुनु पर्छ’ उनले भने ‘शुरुको चरणमा सडक निर्माण गरेर पालिका जोड्ने त्यस पछि वडासगैं शिक्षा, स्वास्थ्य, कोल्ड स्टोर, खेतियोग्य र वजारीकरणसम्मको काम गर्ने लक्ष्य एडिबीको छ ।’

१५ वर्षे कार्यक्रम सहित गएको टोलीले गल्फागाड–कालागाडसडक खण्डको सर्वे गर्न ७ गते प्राविधीकको टोली अदानचुली पुग्ने छ । प्राविधिकको डिटेल सर्भे प्रतिवदन अनुसार एडिबीले टेण्डर आह्वान गर्ने अदानचुली ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताउनुभयो ।

 

प्रतिक्रिया