डिभिजन वन कार्यालय पाँच लाखभन्दा बढी बिरुवा उत्पादन गर्दै

डिभिजन वन कार्यालय पाँच लाखभन्दा बढी बिरुवा उत्पादन गर्दै

 

तस्बीर : राजन रावत हुम्ला ।

सिमकोट – डिभिजन वन कार्यालयले यस वर्ष पाँच लाखभन्दा बढी तीन किसिमका बिरुवा उत्पादन गर्न लागेको छ। वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यालयले यति धेरै बिरुवा उत्पादन गर्न लागेको हो ।

कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीले यस वर्षबाट पाँच लाख १५ हजार बिरुवा उत्पादन गर्न लागेको बताउनुभयो । कार्यालयको आफ्नै हाताभित्र उत्पादन सुुरु गरिएका बिरुवामा पाँच लाख पाते सल्लो, १० हजार देवदार र पाँच हजार जडीबुटीका बिरुवा छन् ।

नर्सरीमा उत्पादित बिरुवा प्लास्टिकका पोकामा सारिनेछ। ती बिरुवालाई कार्यालयले पछि वृक्षरोपणका लागि प्रयोग गरिने जनाएको छ ।

प्रतिक्रिया