फोहोर फाल्ने खाडल अभियान

फोहोर फाल्ने खाडल अभियान

दैलेख – हेल्भेटास नेपाल र महावु गाउँपालिकाको साझेदारीमा सोसेक नेपालबाट संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमबाट महाबु गाउपालिका वडा न १ मा संचालित टुनिगैरा खानेपानी तथा सरसफाइ योजना मा सरसफाइ सम्बन्धी घरदैलो अभिमुखिकरण निरन्तरतासंगै फोहोर फाल्ने खाडल तीब्र गतिमा निर्माण भइरहेको छन् ।


एकीकृत जलश्रोत कार्यक्रमले दैलेखका दुल्लू नगरपालिका, गुराँस, महाबु र डुंगेश्वर गाउँपालिका क्षेत्रमा स्वच्छ खानेपानी तथा सररसफाइ क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्षेत्रमा एक घर एक धारा योजना अनुसार खानेपानी सेवा पुर्याउने योजनासंगै सरसफाइका क्रियाकलापभित्र फोहोर फाल्ने खाडलहरू निर्माण गरिएको बताइएको छ ।
खानेपानी तथा सरसफाइ याेजनाकाे कामभित्रकाे फोहोर फाल्ने खाडलहरू निर्माणले भान्सा र घरभित्र निस्कने फाेहाेरहरू व्यवस्थापन गर्न सैद्धान्तिक र व्यवहारिक ज्ञान, सीप दिइए अनुसार फोहोर फाल्ने खाडलहरू निर्माण अभियान थालिएको एकीकृत जलश्रोत परियोजनाले जनाएकाे छ ।

प्रतिक्रिया