नागरिक्ता र जन्मदर्ता नहुँदा परिवार नै अ-नागरिक

नागरिक्ता र जन्मदर्ता नहुँदा परिवार नै अ-नागरिक

सुर्खेत –  बालकैमा परिवारका सदस्यसँग मज्दुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही मध्यका एक हुन् । चन्द्र बहादुर शेर्पा । सानैमा आमासँग भारत गएका उनको नत जन्मदर्ता छ । नत नागरिक्ता नै छ । जन्मिदा नेपाली नागरिकबाट जन्मे पनि उनी अहिले अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका र आमासँग कालापहाड गएका थिए उनी ।

कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि बिचल्लीमा परे । कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो । उनीहरुले सँगै काम लगाए । चन्द्र बहादुर हुर्कदै गए । अन्तः पश्चिम दैलेखका गगने र उनका साथीहरु घर फर्किनुपर्ने भयो । चन्द्रबहादुर एक्लै थिए । बिरानो कालापहाडमा उनका नत बुबा नै थिए । नत आफ्न्त नत अरु कोही थिए ।

सरुने सुजीको टीम फर्किने भएपछि लामो समय सँगै काम गरेका र आमा बुबा जे भनेपनि उनै सरुने सुजी र उहाँको टीम थियो । सरुने सुजी र उनको सबै टीम नै घर फर्किने कुराले चन्द्रबहादुर एक्लो हुने चिन्ताले पिरोलिरहेको थियो । अन्तः सरुने सुजीले आफैसँग ल्याएर घर फर्के । नेपाल फर्केका उनै चन्द्रबहादुरले अहिलेसम्म नागरिक्ता बनाउन सकेका छैनन् । उमेरले ५५ वर्ष पुगे पनि अहिलेसम्म उनी अनागरिक भएर बसेका छन् ।

ठाटीकाँध गाउँपालिका–३ भुवाखाडामा बसोबास गर्ने उनीसँग जन्मदर्ता नै छैन । श्रीमती गगनी विकको भने माइतबाट बनाएको नागरिकता छ । तर, चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दतौ समेत हुन सकेन । जसकारण उनीहरूका ६ सन्तानका न जन्मदर्ता बने न त नागरिकता नै बनेका छन् ।

परिवारै अनागरिकसरह बाँच्नुपरेको गगनी विक बताउनुहुन्छ । श्रीमानको नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौ देखि धेरै प्रयास ग¥यौँ । न श्रीमान्को नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै’, आँखामा टिलपिल आशु झार्दै उहाँले भन्नुभयो, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन। बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ ।’

उनीहरूको परिवारले जन्मदर्ता तथा नागरिकता पाउन ३५ वर्षदेखि संघर्ष गरिरहेका छन । तर पनि नागररिक्ता पाउन सकेका छैनन् । वषौँदेखि वडादेखि पालिकासम्म पटक–पटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको यो परिवारको गुनासो छ । नागरिकता र जन्मदर्ता बनाउन विभिन्न बहानामा वडा कार्यालय नै बाधक बनेको गगनीले बताइन ।

बालबालिका शिक्षाबाट बञ्चित

शेर्पा दम्पती र उनका सन्तान नागरिक्ता र जन्म दर्ता मात्र नभएर उनीहरुका सन्तान शिक्षाबट समेट बञ्चित हुँदै आएका छन् । दुई छोरी पवित्रा (२५) र दीपा (२३) को विवाह भइसकेको छ । तर, उनीहरूले पनि विवाह दर्ता बनाउन सकेका छैनन । अर्की छोरी १३ वर्ष पुगिन् । छोराहरू जीवन १६, राजन १२ र सुनील १० वर्षका छन । उनीहरुको जन्मदर्ता नहुँदा शिक्षाबाट बञ्चित हुँदै आएका छन् ।
आफ्नो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता बन्न नसकेको गहभरि गगनी आशु झादै बेस्सरी भक्कानो छोड्दै आफ्ना बेदना पोखिन् । गहभरिका आशुलाई एक छेउ लगाउदै गगनीले आफ्ना सन्तानको पठनपाठनमा पनि उस्तै समस्या भएको बताउनुभयो । यतिका वर्ष अनागरिक छौं,’उहाँले भन्नुभयो, ‘ सरकार, अब नागरिकता माग्न कहाँ जाऊँ ?’

नागरिकता दिलाइदिनका लागि स्थानीय सरकार र आफुले निर्वाचित गराएर पाठाएका नेताहरुसमक्ष नपुगेका होइनन् । सबै सामुु जति हारगुहार गर्दा पनि कसैले चासो नदिएको उहाँहरुको गुनासो छ । छरछिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदा आफ्नाले पढ्न नपाउँदाको पीडाले रातदिन सताउँछ,’गगनीले भन्नुभयो, ‘नागरिकता नहुँदा रोजगारीसमेत कसैले दिँदैन । परिवारको छाक टार्नै हम्महम्मे परिरहेको छ’, उनले उहाँले भन्नुभयो ।
यो दम्पतीका सन्तान सरकारी विद्यालयमा पढ्न न्यूनतम सेवासुविधाबाट समेत बञ्चित हुँदै आएका छन् । घरनजिकै जन आधारभुत विद्यालयमा औपचारिक भर्ना नभए पनि सबैले कक्षा ५ सम्म पढेको दुधाले बताइन् ‘आफूभन्दा सानाहरू माथिल्ला कक्षामा जाँदा आफू उही कक्षामा बसेर पढ्नुपर्दा जेठी र माइली दिदीले पढाइ छोड्नुभयो’, उहाँले भन्नुभयो ।

शेर्पाको जन्मघर कहाँ हो भनेर नखुलेको ठाटीकाँध–३ वडाध्यक्ष भरतबहादुर बम बताउँनुहुन्छ । उहाँका अनुसार बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको छ । यो परिवारलाई जन्मदर्ता, नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा जाँदा कर्मचारीले बाटोमा हिँड्ने जो कोहीलाई नागरिकता दिन नसकिने जवाफ दिए’, उहाँले भन्नुभयो ।
यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले चन्द्रबहादुरलाई नागरिकता दिएर सन्तानको पनि जन्मदतौ बनाउनुपर्ने जन आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्रबहादुर शाही बताउनुहुन्छ ।

 

 

प्रतिक्रिया