ग्रामिण मर्मत सम्भार कार्यकर्ता सम्बन्धी ७ दिने तालिम संचालन

ग्रामिण मर्मत सम्भार कार्यकर्ता सम्बन्धी ७ दिने तालिम संचालन

दुल्लु – दैलेखको दुल्लु नगरपालिकामा ग्रामिण मर्मत सम्भार कार्यकर्ता सम्बन्धी ७ दिने तालिम संचालन भएको छ । हेल्भेटास नेपालको आर्थिक सहयोग, सोसेक नेपालद्धारा संचालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आयोजनामा उक्त तालिम संचालन भएको हो ।

हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको आयोजनामा संचालित उक्त तालिममा दैलेखका चार वटा पालिकाबाट ३१ वटा खानेपानी तथा सरसफाई योजनाका ३७ जनाको सहभागिता रहेको सोसेक नेपाल फिल्ड संयोजक महेन्द्र अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिममा जिल्लाका ४ वटा पालिका गुराँस गाउपलिका, डुङेश्वर गाउँपालिका ,माहबु गाउपालिका र दुल्लु नगरपालिकाबाट रहेका छन् ।

उक्त तालिम तालिम दुल्लु नगरपालिका वडा नम्बर १२ को लम्सुमा सन्चालान भएको उहाँले बताउनुभयो । उक्त तालिम प्रयोगात्मक रूपमा हुने भएकोले दुल्लु १२ को गौरीखोला खानेपानी तथा सरसफाइ योजनामा र काले खोला खानेपानी योजना मा फिल्ड कार्य गर्ने योजनाका साथ सन्चालन गरिएको फिल्ड संयोजक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया