महाबुमा मनाइयो ३१औँ विश्व पानी दिवस

महाबुमा मनाइयो ३१औँ विश्व पानी दिवस

महाबु – ‘पानी र सरसफाईमा गतिशील परिर्वतन’ भन्ने मुलनाराका साथ दैलेखको महाबु गाउँपालिकामा ३१औँ विश्व पानी दिवस मनाइएको छ । आम उपभोक्तालाई शुद्ध पानी पिउने सहज बाताबरण बनाउने उद्धेश्य र शुद्धपानी सम्बन्धी जानकारी दिनको लागि उक्त कार्यक्रम संचालन भएको थियो ।

हेल्भेटास नेपालको आर्थिक सहयोग, महाबु गाउँपालिकाको साझेदारी, सोसेक नेपालद्धारा महाबुमा संचालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आयोजनामा उक्त दिवस मनाइएको हो ।

टुनीगैरा खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष इन्द्र बहादुर सुनारको अध्यक्षता वडा सदस्य हरिकला सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विश्व पानी दिवसको अवसरमा मात्र नभएर हामीले सधै शुद्ध पानी पिउनुपर्ने र सधै सफा रहनुपर्ने प्रमुख अतिथि हरिकला सुनारले बताउनुभयो ।

कार्यक्रममा शिक्षक आम उपभोक्ताको उपस्थितिमा पानी शुद्धीकरण, पानी को चक्र, पानी को महत्व , फिल्टर को प्रयोग प्रर्दशनी , मुल संरक्षण लगायतका विषयमा जानकारी गराइएको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका सामुदायिक सहजकर्ता निर्मला नेपालीले बताउनुभययो । उहाँका अनुसार पहिलोपटक मनाइएको उक्त कार्यक्रममा एकसय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।, विषयमा जानकारी गरि ३१ औ विश्व पानी दिबस सब्य र भब्य रुपमा समापन गरियो । १एकसय जना आम उपभोक्ताको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया