हुम्लाबाट १२३४ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै

हुम्लाबाट १२३४ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै

सिमकोट – चैत १७ गतेबाट सञ्चालन हुन लागेकोे माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा एक हजार २३४ जना परीक्षार्थी सहभागी हुने भएका छन्। ६ वटा केन्द्रमा ती परीक्षार्थीले परीक्षा दिने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक भट्टराईले यसपालिको एसईईमा सहभागी हुने विद्यार्र्थीको संख्या एक हजार २३४ जना रहेको बताउनुभयो । जबकि गत वर्ष एक हजार १३६ जना थिए ।

कोरोनापछि जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको संख्या बढी देखिएको हो ।

दुुई वर्ष लगातार कोरोनाका कारण पठनपाठन बन्द हुँदा जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्र्थी जिल्लामै आएर एसईई दिने भएपछि उक्त सख्या बढेको हो । जसमा परीक्षा केन्द्र र परीक्षार्थीको संख्यामा सिमकोट गाउँपालिकाका बालमन्दिर माविमा २५६ जना र मानसरोवर मावि केन्द्रमा १८० जना परीक्षार्थी सहभागी हुनेछन् ।

त्यसैगरी, सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोडिकोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २४० जना परीक्षार्थीको सहभागिता रहनेछ ।

कुल परीक्षार्थीमध्ये साधारणतर्फ एक हजार १४८ जना र प्राविधिक धारतर्फ असी र ग्रेडवृद्धितर्फ ६ जना परीक्षार्थी छन्। यसमा एक हजार २२८ जना नियमित र ६ जना साधारणतर्फको ग्रेडवृद्धिका परीक्षार्थी छन् ।

परीक्षार्थीमध्ये ६६० जना छात्र र ५७४ जना छात्राको परीक्षामा सहभागिता रहनेछ। गत वर्ष एक हजार १३६ जना थिए । यसका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट ती साविककै परीक्षा केन्द्रलाई निर्धारण गरिएको हो ।

प्रतिक्रिया