स्वास्थ्य स्वयमसेविकालाई दुई दिने मोबाइल स्वास्थ्य तालिम

स्वास्थ्य स्वयमसेविकालाई दुई दिने मोबाइल स्वास्थ्य तालिम

सल्यान – महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि दुई दिने मोबाइल स्वास्थ्य तालिम माझकाडा स्वास्थ्य चौकी बनगाड कुपिण्डे नगरपालिका १० माझकाडा सम्पन्न गरिएको छ ।

बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले गर्भवती महिलाको स्वास्थ्य समस्या र बालबालिकाको अवस्था बुझ्न मोबाइलले सहजीकरण गर्ने बताउनुभयो । सेवा सुविधा कम भएकोले यसलाई थप्नु पर्नेमा आफू सकारात्मक भएको त्यसको सुरुवात आउने बित्तिकै मासिक एक हजार रुपैयाँ समेत बढाएर लिएको उहाँको दाबी छ ।

दुर्गम क्षेत्रमा के भइरहेको छ त्यसको पहिचान गरेर योजना कार्यक्रम मार्फत हल गर्ने बुढाथोकीको भनाई छ । आफ्नो जिम्मेवारी पुरा गर्न तिर लाग्नु पर्ने र कुरा काट्नेको पछाडि लागेर केही नहुने बताउनुभयो । सकारात्मक सोचेर अगाडि बढ्नु पर्ने स्वास्थ्य शिक्षालाई प्राथमिकता राखेर अगाडि बढ्नु पर्ने उहाँको जोड छ । नगरपालिका पहिलो प्राथमिकता १० नम्बर वडा भएको र अहिले धेरै बजेट विनियोजन गरेको समेत दाबी गर्नु भयो । यातायात सहजको लागि विभिन्न क्षेत्र सङ्ग छलफल गरिरहेको र विकासले तीव्रता लिने समेत बताउनु भएको छ । विकास सोच्ने बित्तिकै नहुने र क्रमिक रुपमा विकास हुँदै जाने त्यो प्रक्रियामा समेत आफू लागेको समेत बताउनुभएको छ ।

११ न वडा अध्यक्ष वीर बहादुर बुढामगरले सुचना आदानप्रदान गर्नमा सहज हुने भएको त्यसलाई कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नु भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले गर्भवती खोजेर चेकजाँचको लागि थप सहयोग गर्ने सम्बन्ध बढ्ने र गर्भवती महिला चेकजाँच गर्न स्वयंसेविकाले पठाउन सहयोग गर्न समेत बताउनु भएको छ ।

११ देखि ५५ वर्षको महिला मृत्यु र ५ वर्ष मुनीका बालबालिका मृत्यु भएको जानकारी गराउन सहयोग पुग्ने मोबाइल स्वास्थ्य दुई दिने तालिम विद्युतीय प्रविधिको प्रयोग गरेर काम गर्न गर्भवतीलाई भेटेर मोबाइल बाट नै सुचना चेकजाँच गरेर दैनिक मोबाइल जानकारी आउने भएकोले ८ पटक स्वास्थ्यमा गर्भवती चेकजाँच गराउन सहयोग पुग्ने स्वास्थ्य चौकीमा सुत्केरी हुन सहयोग गर्ने त्यसको तथ्याङ्क राख्न सहयोग हुने समेत हुने गर्भवती महिलानिर स्वास्थ्य चौकीको बारेमा सुमधुर सम्बन्ध हुने समेत बताएको छ ।

यस भित्र नयाँ व्यक्ति दर्ता गर्ने गर्भवती जाँच प्रतिवेदन, खतराको चिन्ह जन्म अवस्थाको अवस्था कहाँ कुन ठाउँमा जन्मेको त्यो पता लगाउन सुत्केरी पछि आमा र नवजात शिशुको जाच लगायतका मोबाइल म्यासेज बाट जानकारी दिने गरिएको छ । यसको मातृ तथा बाल मृत्युदर घटना यो प्रविधि ल्याएको बताउनु भएको छ ।

सुरक्षित गर्भपतन तथा बालबालिका सुरक्षाको लागि मोबाइलबाट गर्भवती महिलाहरूलाई स्वास्थ्य चौकी सम्म आए न आएको पत्ता लगाउने देखि गर्भवती महिला नियमित चेकजाँच गर्नको लागि यो कार्यक्रम लागू गरिएको शान्ति विकले जानकारी दिनु भएको छ । पालिका भित्रका ६३ जना स्वयंसेविकाहरुलाइ तालिम दिइने समेत बताउनु भएको छ । कार्यक्रमको सहजीकरण माझकाडा स्वास्थ्य चौकीका इन्चार्ज भुवन वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया